मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
२o८३ असोज १४ बुधबार १२:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा ३३ जना चयन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार १२:५९:oo

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि धनकुटाबाट ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन्। कांग्रेसको १५औँ महाधिवेशनका लागि चयन भएका प्रतिनिधिमध्ये २० जना निर्वाचन प्रक्रियामार्फत र १३ जना निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचन प्रक्रियामार्फत खुलातर्फ अग्निप्रसाद पौडेल, दिनेश राई, ध्रुवराज रायमाझी, नवीनकिशोर शाक्य, निर्मल ओझा, मनोहरनारायण श्रेष्ठ, विजयसन्तोषी राई, सिद्धार्थ थापा, हरिकुमार राई र ज्ञानबहादुर गुरुङ निर्वाचित भएका छन्। मनोहरनारायण श्रेष्ठ, हरिकुमार राई र अग्निप्रसाद पौडेल कांग्रेस धनकुटाका पूर्वसभापति हुन् भने दिनेश राई वर्तमान सभापति हुन्।

श्रमिकतर्फ भीमबहादुर थापा, पेसागत विज्ञतर्फ प्रकाशकुमार राई (थुलुङ), युवा खुलातर्फ करुणा कटुवाल र गोविन्द लिम्बू निर्वाचित भएका छन्। कटुवाल नेपाल विद्यार्थी संघकी केन्द्रीय अध्यक्ष हुन्।

यसैगरी अपांगतातर्फ विक्रम ढकाल, अल्पसंख्यकतर्फ तीर्थ राई (बान्तवा), समानुपातिक आदिवासी जनजातितर्फ अशोक राई, छत्रबहादुर सुब्बा, रविन मेघाली मगर र सन्तोष तामाङ (रुकमान) निर्वाचित भएका छन्।महिलातर्फ अम्बिका धमला, इन्दिरा थापा (कटुवाल), लीला सुब्बा र सुमना तिम्सिना निर्विरोध निर्वाचित भएका छन्।

युवा महिलातर्फ प्रीति राई, दलिततर्फ हरिकुमार दियाली (विश्वकर्मा) र प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडिततर्फ आनन्दकुमार सन्तोषी राई निर्वाचित भएका छन्। समानुपातिक दलिततर्फ शिवराज विश्वकर्मा, समानुपातिक आदिवासी जनजाति महिलातर्फ जुना श्रेष्ठ, निरूपा राई (आठपहरिया) र हिमाकुमारी चेम्जोङ तथा समानुपातिक खसआर्य महिलातर्फ मुनादेवी पोखरेल निर्विरोध निर्वाचित भएका छन्।

कांग्रेस निर्वाचन समितिको कार्यालय धनकुटाका अनुसार महाधिवेशन प्रतिनिधि चयनसँगै धनकुटामा प्रदेश सभा ‘क’ र ‘ख’ दुवैको क्षेत्रीय अधिवेशन पनि सम्पन्न भएको छ। निर्वाचन समितिका अनुसार प्रदेश सभा ‘क’को क्षेत्रीय सभापतिमा नेपालधन राई, उपसभापतिमा दिलकुमार राई, सचिवमा कमलप्रसाद बराल, सहसचिव खुलातर्फ रुजान राई र महिलातर्फ रेजिना हिङमाङ निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, प्रदेश सभा ‘ख’को क्षेत्रीय सभापतिमा प्रेम भण्डारी निर्वाचित भएका छन्। उपसभापतिमा तेजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। सचिवमा वीरबहादुर थापा, सहसचिव महिलातर्फ सिर्जना काफ्ले र खुलातर्फ दीपक बुढाथोकी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

↑