Skip This
रोजगारी खोज्ने र रोजगारदातालाई दर्ता  हुन आह्वान
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १२ सोमबार ११:५२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रोजगारी खोज्ने र रोजगारदातालाई दर्ता  हुन आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार ११:५२:oo

सरकारले रोजगारी खोज्ने र रोजगारी दिनेलाई सरकारी वेबसाइटमा दर्ता हुन आह्वान गरेको छ । सरकारले यही १४ असोजदेखि कोशी प्रदेशको इटहरीमा सातदिने ‘सिप तथा रोजगार मेला २०८३’ आयोजना गर्दै छ । उक्त सिप तथा रोजगार मेलामा सहभागी हुने सिप तथा रोजगारी खोजकर्ता र रोजगारदातालाई ‘जबफेयर श्रमसंसर डटकम डन एनपी’ नामक वेबसाइटमा दर्ता हुन सरकारले आह्वान गरेको हो ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै रोजगार खोज्ने र रोजगारदातालाई यस्तो आह्वान गरेको हो । ‘सिप र रोजगारी : साझा जिम्मेवारी भन्ने मूल नाराका साथ इटहरीमा आयोजना हुने सिप तथा रोजगार मेला, २०८३ मा सहभागी भई सिप र अवसरलाई रोजगारीमा जोडौँ,’ मन्त्रालयले भनेको छ । 

श्रम बजारमा रोजगारदाताले उपयुक्त कामदार नपाउने र कामदारले रोजगारदाता नभेट्ने जुन ‘मिस म्याच’लाई अन्त्य गर्दै दुवै पक्षलाई एउटै एकीकृत मञ्चमा सरकारले यस्तो मेला आयोजना गर्न लागेको हो । मेलाको मुख्य उद्देश्य स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्नु र श्रम बजारको मागअनुसार दक्ष जनशक्ति तयार पार्नु रहेको मन्त्रालयले जनाएको छ ।

↑