ललितपुर महानगरपालिका–२४ धापाखेलमा बिहानै पहिरो खस्दा एउटा घर पूर्ण रूपमा ढलेको छ। बिहानको समयमा खसेको पहिरोले घरमा क्षति पुर्याएको हो। घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको ललितपुर नगर प्रहरी बल प्रमुख सिताराम हाछेथुले जनाए ।
घटनामा मानवीय क्षति भए/नभएको तथा पहिरोका कारण अन्य घरमा समेत जोखिम बढे–नबढेको विवरण आउन बाँकी छ।