नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले घटेको छ भने चाँदी १४५ रुपैयाँले सस्तिएको छ।
आइतबार प्रतितोला दुई लाख ९९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर दुई लाख ९४ हजार तीन सय रुपैयाँमा झरेको महासंघले जनाएको छ। यसअघि शुक्रबारको तुलनामा आइतबार पनि सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला चार हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १४५ रुपैयाँले घटेर प्रतितोला चार हजार ५१० रुपैयाँ कायम भएको छ।
यससँगै पछिल्लो दुई कारोबार दिनमा सुनचाँदी दुवैको मूल्यमा गिरावट देखिएको छ ।