१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार १५:५८:००
Read Time : < 1 मिनेट
विश्व

अर्बपति अम्बानीकाे तलब बढेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार १५:५८:००

अर्बपति तथा भारतीय व्यापारी मुकेश अम्बानीले लगातार ११ वर्षसम्म तलब स्थिर राखेपछि चर्चा चुलिएकाे छ । सन् २००८ सालदेखि उनले आफ्नो तलब स्थिर राख्दै आएका छन् । उनकाे तलब ११ वर्षदेखि वार्षिक २४ करोड नेपाली रूपैयाँबाट बढेकाे छैन । 

कम्पनीको वार्षिक प्रतिवेदनमा भनिएको छ- 'तलब नबढाउने विषय अम्बानीको व्यक्तिगत धारणा हो । उनले तलब नबढाउने इच्छा जारी राख्दै आएका छन् । त्यसैले ११ वर्षदेखि एउटै तलबमा काम गर्दै आएका हुन् ।' उनले वार्षिक तलब वापत ७ करोड १२ लाख, कमिशन १५ करोड २५ लाख, अतिरिक्त सुविधा ५० लाख र निवृतिभरण रकम करिब एक करोड १४ लाख गरी कुल २४ करोड रूपैयाँ कम्पनीबाट लिँदै आएकाे समाचारमा जनाइएकाे छ ।

हाल अम्बानीको कम्पनी रिलायन्समा काम गर्ने माथिल्लो स्तरका कर्मचारीको तबल बढाएको छ । अम्बानीले कम्पनीका कजिन निखिल र हितल मेसवानीको तलब बढाएर करिब ३३ करोड रूपैयाँ बनाएका छन् । उनीहरूको तलब पछिल्लो वर्षसम्म साढे २६ करोड रहेको थियो । पछिल्लो वर्षहरूमा उनीहरूको तलब अधिक मात्रामा बढ्दै आएको छ ।

कम्पनीका प्रमुख कार्यकारी निर्देशक पिएमएस प्रसादको पछिल्लो वर्षको तलब करिब १६ करोड रूपैयाँ बनाएको छ । यस्तै, रिफाइनरी चिफ पवन कुमारको तलब ६ करोड ६७ लाख रूपैयाँ राखेको छ । कम्पनीको गैर कार्यकारी निर्देशक नीता अम्बानीसहित अन्य कर्मचारीहरूको तलबमा समेत भारी वृद्धि गरिएको समाचारमा जनाइएको छ । एजेन्सी