१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण १७ बिहीबार १६:४१:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

दक्षिण कोरियामा मुद्रास्फीतिका कारण तलब तथा ज्यालामा दोस्रोपटक समायाेजन 

Read Time : < 1 मिनेट
२०८० फाल्गुण १७ बिहीबार १६:४१:००

मुद्रास्फीतिका कारण दक्षिण कोरियाको तलब तथा ज्याला लगातार दोस्रो वर्ष पनि घटेको त्यहाँकाे श्रम मन्त्रालयको तथ्यांकले देखाएको छ।

बिहीबार  रोजगार र श्रम मन्त्रालयले जारी गरेकाे तथ्या‌कअनुसार, नियमित कर्मचारी भएका व्यवसायमा मासिक औसत ज्याला २.५ प्रतिशतले बढेर २०२२ मा ३९ लाख ६६ हजार ओन (दुई हजार नाै सय ७० अमेरिकी डलर) पुगेको थियाे।

सन् २०२३ मा मासिक तलब १.१ प्रतिशतले घटेर ३५ लाख ५४ हजार ओन पुगेको छ।  जुन अघिल्लो वर्षको तुलनामा ०‍.२ प्रतिशतले कम हो।

सन् २०२३ मा दक्षिण कोरियाको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) अघिल्लो वर्षको तुलनामा ३.६  प्रतिशतले बढेको छ।

व्यवसायमा प्रतिकामदारको मासिक औसत कार्य घण्टा एक वर्ष अघिको तुलनामा १.६  प्रतिशतले घटेर सन् २०२३ मा १५६.२ घन्टा पुगेको छ।

उत्पादनतर्फका उद्योगले  १७०‍.५ को सबैभन्दा लामो मासिक वर्किङ आवर रेकर्ड गरेका छन्।  पानी, ढल र फोहोर व्यवस्थापन क्षेत्रमा काम गर्नेकाे १७० घन्टा र निर्माण उद्योगले गत वर्ष १२८.७ मासिक वर्किङ आवर दर्ता गराएका थिए। याे सबैभन्दा छोटो वर्किङ आवर हाे। रासस