१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख १८ मंगलबार १o:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

होली खेलेर संकलन भएको रकमबाट शिक्षकलाई तलब

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:५९:oo

होली खेलेर संकलन भएको एक लाख सात हजार ५१४ रुपैयाँ निजी स्रोतका शिक्षकद्वय सागर कुँवर र राधिका जोशीलाई वितरण

कञ्चनपुरको एक सामुदायिक विद्यालयले होली खेलेर संकलन भएको रकमबाट शिक्षकलाई तलब खुवाएको छ । भीमदत्त नगरपालिका– १४ बनकट्टीमा रहेको शान्ति आधारभूत विद्यालयले होली खेलेर संकलन गरेको रकमबाट दुई शिक्षकलाई तलब दिएको हो । 

सरकारले दरबन्दी नदिएकाले दैनिक पठनपाठनका लागि निजी स्रोतबाट भर्ना गरिएका दुई शिक्षकलाई विगत दुई वर्षदेखि पारिश्रमिक दिन नसकेको अवस्थामा होली खेलेर संकलन भएको रकम उनीहरूलाई वितरण गरिएको विद्यालयले जनाएको छ । 

शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले होली खेलेर संकलन भएको एक लाख सात हजार पाँच सय १४ रुपैयाँ निजी स्रोतका शिक्षकद्वय सागर कुँवर र राधिका जोशीलाई वितरण गरिएको बताए । कुँवर र जोशीलाई जनही ५३ हजार सात सय ५७ का दरले पारिश्रमिकबापत वितरण गरिएको प्रअ विष्टले बताए । 

‘विद्यालयमा दरबन्दी दिइएको छैन, दैनिक पठनपाठनमा हामीलाई समस्या भएको छ,’ प्रअ विष्टले भने, ‘निजीबाट राखिएका शिक्षकलाई तलब खुवाउनकै लागि हामीले विद्यालयबाट अभिभावकसहित होली खेलेका थियौँ, संकलन भएको त्यही रकम तलबस्वरूप शिक्षकलाई दिएका हौँ ।’ 

आठ दरबन्दी रहेको विद्यालयमा एक निमावि स्थायीसहित चार आधारभूत राहत, दुई बाल विकास शिक्षक कार्यरत रहेका छन् । विद्यालयमा झन्डै दुई सयको हाराहारीमा विद्यार्थी भएकाले दरबन्दीअनुरूप शिक्षक पदपूर्ति नहुँदा समस्या भइरहेको प्रधानाध्यापक विष्टले बताए ।

ad
ad