१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १५ मंगलबार
  • Tuesday, 29 April, 2025
२o८o फाल्गुण १५ मंगलबार o९:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आठराई त्रिवेणी गाउँपालिकाका शिक्षकलाई मासिक तलब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १५ मंगलबार o९:५२:oo

तीन महिनामा तलब पाउँदै गरेका ताप्लेजुङको आठराई त्रिवेणी गाउँँपालिकाका शिक्षकले अब मासिक रूपमा तलबभत्ता पाउन थालेका छन् । यस गाउँँपालिकाले माघ महिनादेखि पालिकाभित्र कार्यरत सामुदायिक विद्यालयका शिक्षकको तबलभत्ता मासिक रूपमा भुक्तानी गर्न थालेको गाउँँपालिकाका अध्यक्ष दीपेन्द्र पोमूले जानकारी दिए ।

यसअघि त्रैमासिक (तीन–तीन महिना) रूपमा भुक्तानी हुँदै आएको शिक्षकको तलब मासिक रूपमा भुक्तानी गर्न सुरु गरिएको हो । गाउँँ कार्यपालिकाको बैठकले पारित गरेको निर्णय कार्यान्वयन गर्दै सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षकको तलबभत्ता मासिक रूपमा उपलब्ध गराउन सुरु गरिएको अध्यक्ष पोमूले बताए।

गाउँँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले माघ महिनाको शिक्षकको तलबभत्ता भर्खरैदेखि सम्बन्धित शिक्षकलाई भुक्तानी दिन लागिएको बताए । भट्टराईले भने, ‘अबदेखि निजामती र अन्य कर्मचारीलाई जस्तै गरी शिक्षकलाई पनि उहाँहरूले पाउने तलबभत्ता मासिक रूपमा भुक्तानी गरिनेछ ।’ 

पाँचवटा वडा रहेको आठराई त्रिवेणी गाउँँपालिकामा माध्यमिक विद्यालय सातवटा र आधारभूत तह २६ गरी कुल ३३ वटा सामुदायिक विद्यालय रहेका छन् । उक्त विद्यालयमा एक सय ८३ जना स्थायी दरबन्दीका शिक्षक कार्यरत छन् । अस्थायी, राहत, करार शिक्षक, बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीसमेत गरी करिब तीन सयजना कार्यरत रहेका शिक्षा शाखा प्रमुख सुरेशकुमार पुरीले जानकारी दिए।