मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
२o८३ श्रावण २९ शुक्रबार १३:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा ५१ लाखभन्दा बढीको प्रतिबन्धित चिनियाँ मदिरा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १३:५६:oo

हुम्लाको नाम्खा गाउँपालिका– २, नावलथाङबाट प्रहरीले ५१ लाख ९३ हजार ६ सय रुपैयाँबराबरको प्रतिबन्धित चिनियाँ मदिरा बरामद गरेको छ। जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी बल नं. ४४ गुल्म हुम्ला, राष्ट्रिय अनुसन्धान विभाग हुम्ला तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले साउन २८ गते उक्त मदिरा बरामद गरेको हो।

प्रहरीका अनुसार चीनबाट अवैध रूपमा नेपालतर्फ ल्याई नावलथाङमा बेवारिसे अवस्थामा राखिएको झिनिगिन्टी (रक्सी) ५९४ कार्टुनमा सात हजार १२८ बोतल तथा चिनियाँ बोर्ड भाइजर (बियर) १९४ कार्टुनमा चार हजार ६५६ बोतल बरामद गरिएको छ।

बरामद गरिएको प्रतिबन्धित चिनियाँ मदिरा कुल ७८८ कार्टुनमा रहेको प्रहरीले जनाएको छ। बरामद मदिराबारे जिल्ला प्रहरी कार्यालय हुम्लाले साउन २९ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक एवं प्रवक्ता युवराज ढकालले अवैध रूपमा नेपाल भित्र्याइएको प्रतिबन्धित चिनियाँ मदिरा बरामद गरिएको जानकारी दिए।