मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २९ शुक्रबार १३:११:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियर होटेल र टेस्ला डायग्नोस्टिकमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १३:११:oo

मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाडौंकोे बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटेल र बालुवाटारस्थित टेस्ला डायग्नोस्टिकमा छुट पाउने भएका छन्।

बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन लेमन ट्री प्रिमियर होटेल र टेस्ला डायग्नोस्टिकसँग सम्झौता गरेको छ।

सम्झौताअनुसार बैंकका ग्राहकले लेमन ट्री प्रिमियरमा खाना तथा वासमा १५ प्रतिशत र स्पामा २० प्रतिशत छुट पाउनेछन्।

यस्तै, टेस्ला डायग्नोस्टिकमा प्याथोलोजी टेस्ट, एमआरआई, एक्सरे, औषधिलगायत सेवामा पाँचदेखि १० प्रतिशतसम्म छुट पाउने बैंकले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

छुटका लागि बैंकको डेबिट कार्ड, प्रिभलेज कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्नुपर्नेछ।