टेकुस्थित अस्थायी ग्यास बिक्री केन्द्रमा पाँच सय खाली सिलिन्डर लिएर उपभोक्ताको लाइन (फोटोफिचर)
काठमाडौंमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भएको दृश्य टेकुस्थित आयल निगमको पुरानो कार्यालयमा राखिएको अस्थायी ग्यास डिपोले देखाउँछ ।
डिलरकहाँ धाउँदा ग्यास नपाएको गुनासो सम्बोधन गर्न आयल निगमले टेकुमा नेपाल, श्रीराम, एभरेस्ट, सुगम र एचपी ब्रान्डको ग्यास बिक्री केन्द्र स्थापना गरेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २४ मा, राष्ट्रिय भेला र महाधिवेशनबारे छलफल हुने
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक साउन २४ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ।
बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिइएको जनाइएको छ।
काठमाडौंमा शृंखलाबद्ध गहना लुटपाट गर्ने गिरोहका पाँचजना पक्राउ
महिला तथा बृद्धाहरूलाई निशाना बनाई शृंखलाबद्ध रूपमा सुनका गरगहना लुटपाट र मोटरसाइकल चोरीमा संलग्न एक गिरोह पक्राउ परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंकाे टोलीले काठमाडौंका विभिन्न ठाउँबाट कर्मा समूहका पाँचजनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले गिरोहका नाइके सिन्धुपाल्चोकको मेलम्ची– ४ घर भई काठमाडौंको बौद्ध बस्ने ३४ वर्षीय कर्मा तामाङसहित काभ्रेको भुम्लु– ९ देउरालीका ३६ वर्षीय मनोज तामाङ, पनौती– ९ बस्ने ३० वर्षीय पासाङ घिसिङ र धुलिखेल– १० बस्ने ३० वर्षकै प्रतिमान गोले तथा कास्की सारङकोट घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय आले गुरुङलाई पक्राउ गरेको हो।
नेपाली महावाणिज्य दूतावास दुबईद्वारा ११ महिनामा दुई सय नेपालीको शव स्वदेश फिर्ता
नेपाली महावाणिज्य दूतावास दुबईले आफ्नो स्थापनाको ११ महिनामा दुई सय मृतक नेपालीको शव स्वदेश फिर्ता गरेको छ । जुलाई ३१ मा महावाणिज्य दूतावासको सभाहलमा नेपाली समुदायका प्रतिनिधिहरूसँग अन्तर्क्रिया कार्यक्रम महावाणिज्यदूत हरि ओडारीले महावाणिज्य दूतावासले गरेका कार्यप्रगति विवरणहरू प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । पछिल्लो समय वैदेशिक रोजगारीका लागि युएईमा रहेका नेपालीहरूको मृत्युदर बढ्दो क्रममा छ ।
सरकार र हिन्दु सम्राट सेनाबिच १९बुँदे समझदारी, आन्दोलन स्थगित
पछिल्लो केही दिनदेखि मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा विकसित तनावपूर्ण अवस्थाबिच गृहमन्त्री सुधन गुरुङ र हिन्दु सम्राट सेना नेपालबिच भएको वार्ता १९बुँदे समझदारीमा टुंगिएको छ।
सरकारी पक्षले मागहरू अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि हिन्दु सम्राट सेनाले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ। आइतबार जनकपुरधामस्थित एक होटेलमा करिब डेढ घण्टा चलेको वार्तामा गृहमन्त्री गुरुङको नेतृत्वमा सरकारी प्रतिनिधिमण्डल सहभागी भएको थियो।
हिमाल, धार्मिकस्थल र पाेखरीकाे प्रचार गर्न भ्रमण वर्ष मनाउँदै जुगल
जुगल हिमशृंखलावरिपरिका ६ हजार मिटरभन्दा माथिका १४ हिमाल र त्यसभन्दा कम उचाइका एक दर्जन ट्रेकिङ पिकको प्रचारप्रसार गर्न जुगल गाउँपालिकाले भ्रमण वर्ष ०८३/८४ मनाउने घोषणा गरेको छ।
गत वर्ष ६ हजार मिटरभन्दा माथिका जुगल– १, ग्याल्चेन पिक र जुगल– ५ हिमालको सफल आरोहण भइसकेको छ। नेपाल सरकारले आरोहण खुला गरेपछि दुई वर्षयता जुगल हिमशृंखलामा नेपाल, दक्षिण कोरिया, अमेरिका र बेलायतका पर्वतारोही आउने क्रम बढेको छ। हालसम्म करिब ५० जना पर्वतारोहीले जुगल हिमाल आरोहण गरिसकेका छन्। राजधानीबाट सबैभन्दा नजिक रहेको हिमशृंखलाका रूपमा जुगल परिचित छ।
धनुषामा भोलि बिहानदेखि निषेधाज्ञा हट्ने
धनुषाको जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रभित्र लगाइएको निषेधाज्ञा भोलि सोमबार बिहान ५ बजेदेखि लागू हुने गरी हटाइएको छ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको तथा सुरक्षा अवस्था र जनजीवन सामान्यीकरणतर्फ उन्मुख भएकाले प्रशासनले निषेधाज्ञा हटाएको हो।
एक करोड घुसकाण्डमा टेलिकमका पूर्वकर्मचारी अख्तियारको थुनामा
नेपाल टेलिकमका पूर्वअधिकृत गंगादत्त भट्ट र उनका साथी विवेक शर्मा एक करोड घुस लेनदेनको छानबिनमा परेका छन्। चिनियाँ ठेकदारसँग खातामै उनीहरूले एक करोड रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा खुलेको हुन्।
भट्ट टेलिकमकै कर्मचारी हुँदा ठेक्कामा सघाएर घुस लिएका हुन्। पछि पनि दुःख दिएको भन्दै चिनियाँ ठेकदारलाई प्रमाणसहित उजुरी दिएपछि उनीहरू पक्राउ परेका हुन्।
उनीहरू गत २४ असारदेखि अख्तियारको हिरासतमा छन्। चिनियाँले पाएको ठेक्का र सो घुसकाण्डबारे विस्तृत अनुसन्धान भइरहेको आयोगका एक उच्च अधिकारीले बताए।
गोलबजार क्षेत्रमा हटाइयो कर्फ्यु
जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार क्षेत्रमा गत बिहीबार दिउँसो २ बजेदेखि लगाएको कर्फ्यु आइतबार साँझ ७ बजेदेखि हटाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गर्दै आइतबार साँझ ७ बजेदेखि कर्फ्यु हटाएको जानकारी दिएका हुन्।
जिल्लाको पछिल्लो सुरक्षा स्थिति विश्लेषणको आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम नगरपालिका क्षेत्रभित्र लगाइएको कर्फ्यु हटाइएको सूचनामा उल्लेख छ।
देशबाट भागेको दुई वर्षपछि सार्वजनिक हुँदै शेख हसिना
दुई वर्षअघिको विद्यार्थी आन्दोलनपछि देश छाडेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले त्यसयता पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिने भएकी छिन्। आगामी बुधबार (५ अगस्ट) मा उनले नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्न लागेकी हुन्।
बंगलादेश फर्कने योजनामा रहेकी हसिनाले नयाँ दिल्लीस्थित फरेन करोसपन्डेन्टस् क्लब अफ साउथ एसियाले आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा सार्वजनिक हुन लागेकी हुन्। यद्यपि, त्यो पत्रकार सम्मेलन ‘भर्चुअल’ हुनेछ। उनले सो पत्रकार सम्मेलनमा आफ्नो बंगलादेश फर्कने योजनाबारे पत्रकारहरूसँग साक्षात्कार गर्नेछिन्।