मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १७ आइतबार
  • Sunday, 02 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १७ आइतबार २१:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं फर्किए गृहमन्त्री गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १७ आइतबार २१:o२:oo

सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा देखिएको तनाव क्रमशः सामान्य बन्दै गएपछि गृहमन्त्री सुधन गुरुङ आइतबार काठमाडौं फर्किएका छन्। उनी चार दिनको मधेश भ्रमण सकेर बुद्ध एयरको विमानमार्फत काठमाडौं आइपुगेका हुन्।

मधेश बसाइका क्रममा गृहमन्त्री गुरुङले सुनसरी, सिराहालगायत प्रभावित जिल्लाको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण गरेका थिए। उनले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आन्दोलनरत पक्षसँग छलफल गर्दै शान्ति–सुरक्षा कायम गर्न आवश्यक पहल गरेका थिए।

गृहमन्त्री गुरुङको उपस्थितिमा आन्दोलनरत पक्षसँग वार्तासमेत भएको थियो। वार्तापछि प्रभावित क्षेत्रको अवस्था क्रमशः सहज बन्दै गएको छ। यसैबिच, सिराहाको गोलबजारमा जारी गरिएको कर्फ्युसमेत हटाइएको छ।