नेपाल आयल निगम लिमिटेडले आइतबार रातिबाट लागू हुने गरी पेट्रोल ३ र डिजेल तथा मट्टीतेल समान ५ रुपैयाँ प्रतिलिटर बढाएको छ। मूल्यवृद्धि पछि काठमाडौंमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समान २ सय रुपैयाँ प्रतिलिटर पुगेको छ।
त्यस्तै, आन्तरिक हवाई इन्धन २० रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन १ सय ३१ डलर प्रतिकिलोलिटर वृद्धि भएको निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। शनिबार दिउँसो इन्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएका कारण नेपालमा पनि मूल्य समायोजन गरेको निगमले जनाएको छ।
मूल्य वृद्धिपछि हवाई इन्धन आन्तरिक २ सय ४९ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन प्रतिकिलोलिटर १५ सय ६६ डलर पुगेको छ।