मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १६ शनिबार o८:१८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लालीगुराँसलाई हराउँदै सिसिआरसी सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार o८:१८:oo

सिसिआरसी एसआरसी प्लस टु अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित कभर्डहलमा सिसिआरसीले लालीगुराँस नेसनल एकेडेमीलाई ९९–५६ ले पराजित गर्‍यो ।

सिसिआरसीको सहज जितमा विसन खड्काले ३४ स्कोर गरे । सिसिआरसी पाँच टोली सहभागी समूह ‘बी’को विजेता बन्दै अन्तिम चार स्थानमा पुगेको हो । प्रतियोगतामा केभिसी र पुष्पसदन पनि सेमिफाइनलमा पुगेका छन् ।

मन्दीप गौतमको २३ स्कोरको सहयोगमा केभिसीले प्रिमियरलाई ७५–६९ ले हरायो । केभिसी समूह ‘बी’को उपविजेता बन्यो । यो समूहबाट मनास्लु विजेता हुँदै सेमिफाइनलमा पुगिसकेको छ ।

समूह ‘ए’को उपविजेता बन्ने क्रममा पुष्पसदनले ओमेगालाई ६२–४२ ले पाखा लगायो । पुष्पसदनका प्रसुन खड्गीले १५ स्कोर गरे । सेमिफाइनलमा पुष्पसदनको भेट मनास्लुसँग हुनेछ । अर्को सेमिफाइनल सिसिआरसी र केभिसीबिच हुनेछ ।