मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण १६ शनिबार o९:२१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नाथम इन्डोर क्रिकेट च्याम्पियनसिप हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार o९:२१:oo

नेपाल एकेडेमी अफ टुरिजम, होटेल एन्ड माउन्टेनियरिङ (नाथम)ले नाथम इन्डोर क्रिकेट च्याम्पियनसिप २०२६ आयोजना गर्ने भएको छ । प्रतियोगिता ९ देखि ११ भदौसम्म गोल्फुटारमा रहेको भेलोसिटी क्रिकेट एरिनामा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा देशभरका स्नातक तहका १६ कलेजका सहभागी हुने नाथमका ट्राभल एन्ड टुरिजम विभागका निर्देशक अजयकुमार ढकालले बताए । ढकालका अनुसार सुरुमा आउने १६ कलेज नै फाइनल हुनेछन् । आयोजक नाथमबाट दुई टोलीले भाग लिनेछन् । 

नाथमले आफ्ना दुईवटा टोली तयार पार्न आन्तरिक छनोट गरिने भएको छ । सहभागी कलेजलाई चार समूहमा विभाजन गरिनेछ । समूह चरणपछि नकआउट हुने प्रतियोगिताका प्राविधिक निर्देशक रवीन्द्र गुप्ताले जानकारी दिए । आठ लाख २० हजार रुपैयाँ बजेट रहेको प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ४० हजार रुपैयाँ पाउनेछन् । साथै, म्यान अफ दी सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई पनि विशेष पुरस्कारको व्यवस्था रहेको ढकालले बताए । यस प्रतियोगिताको मुख्य उद्देश्य कलेजस्तरीय क्रिकेट खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउनुका साथै कलेजहरूबिच सहकार्य तथा सम्बन्धलाई थप मजबुत बनाउनु रहेको आयोजकले जनाएको छ । आयोजक नाथमले इन्डोर प्रतियोगिता आयोजना गर्न दुई महिनादेखि तयारी गरेको नाथमका डम्बर भट्टले जानकारी दिए । ‘हामीले इन्डोर क्रिकेट च्याम्पियन आयोजना गर्न यसपटक दुई महिनादेखि तयारी गरौँ,’ भट्टले भने, ‘प्रतियोगिताको तयारी लगभग पूरा भएको छ ।’ 

दुई वर्षअघि भएको पहिलो संस्करणमा नेसनल कलेज विजेता बनेको थियो । ‘हामी सहभागी सबै टोलीलाई निष्पक्ष, व्यवस्थित र उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउन प्रतिबद्ध छौँ । यो प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान गर्नुका साथै नेपाली क्रिकेटको भविष्य निर्माणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिएका छौँ,’ गुप्ताले बताए ।