Skip This
ओलम्पियन संगीना वैद्य सम्मानित
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ मङ्सिर २९ शनिबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २९ शनिबार २o:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद

ओलम्पियन संगीना वैद्य सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २९ शनिबार २o:२२:oo

काठमाडौं महानगरपालिकाले ओलम्पियन पूर्वतेक्वान्दो खेलाडी संगीना वैद्यलाई शनिबार नगदसहित सम्मान गरेको छ। ३०औँ महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेलमार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

संगीनालाई उपराष्ट्रपति रामसाहयप्रसाद यादवले नगद १ लाख ५० हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे। छनोट भएर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी संगीना एसियाली तेक्वान्दो च्याम्पियनसिपकी स्वर्ण विजेता हुन्। संगीनाले आठौँ र नवौँ दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण जितेकी हुन्।