मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १५ शनिबार
  • Thursday, 05 December, 2024
२o८१ मङ्सिर १५ शनिबार १९:१२:oo
Read Time : > 1 मिनेट
समाचार

महोत्तरीमा वन मासेर गाँजाखेती, डिभिजन वनले नष्ट गर्‍यो पाँच बिघामा लगाएकाे गाँजा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १५ शनिबार १९:१२:oo

गाँजा उत्पादन वैध हुनुपर्ने भन्दै सदनमा पटक-पटक बहस चल्दै आइरहेको छ। गाँजालाई सर्तसहित वैध गर्नेुपर्छ भन्दै कतिपय सांसद लबिङमा समेत लागेका छन्। चर्चामा रहे पनि गाँजा वैधसम्बन्धी विषय अहिले चर्चामा मात्रै सीमित छ। सरकारले हालसम्म गाँजा उत्पादन, बिक्री र सेवनलाई अवैध मान्दै आएको छ। 

तर, महँगोमा किनबेच हुने भएकाले महोत्तरीमा यसको लुकीचोरी व्यापक खेती हुने गरेको फेला परेको छ। डिभिजन वन कार्यालयकाे नेतृत्वमा प्रहरीसहितकाे टाेलीले यसरी गरिएको गाँजा खेती नष्ट नष्ट गरेकाे हाे । 

महोत्तरीको बर्दिवास नगरपालिका बिपी राजमार्ग र पूर्वपश्चिम राजमार्गको मिलन विन्दु हो। देशको कुनै पनि जिल्ला आउजाउ गर्न बर्दिवासबाट प्रशस्त मार्ग छ। यसैकारण बर्दिवासमा होटेल व्यवसाय व्यापक फस्टाएको छ। यही कारण बर्दिवासमा देशका सबैजसो जिल्लाका मान्छे आइपुग्छन्। त्यसमध्ये लागुऔषध सेवनकर्ताहरूले समेत महोत्तरीलाई पछिल्लो समय हब बनाउँदै आएका छन्।

नेपालबाट मात्रै हाेइन भारतबाट समेत यहाँ लागुऔषध सेवन गर्न आउने गरेकाे फेला परेका छन्। तिनै व्यक्तिका लागि घरेलु उत्पादनको रूपमा विकसित गाँजाकाे यहाँ व्यापक खेती भएकाे फेला परेकाे हाे। उनीहरूलाई कुलतमा फस्न स्थानीय रूपमा उत्पादन हुन थालेको गाँजाको साथ हुन थालेको छ।

प्रहरीले वन नै अतिक्रमण गरी गाँजाखेती गरेकाे सूचना पछि हालै नष्ट गर्न अभियान चलाएकाे छ। बर्दिवास नगरपालिका–१० र ११ खयरमाराको खयरमारा खोलाका अधिकांश डाँडामा यस्ता अवैध गाँजाखेती हुने गरेको भेटिएको जनाएकाे छ। सोही स्थानको सरस्वती सामुदायिक वन घर र खेतीको लागि भन्दै अतिक्रमण हुन थालेको र वन विनास गर्दै मानव बस्तीको सञ्जाल बढ्दै गएको जानकारीपछि डिभिजन वन कार्यालय महोत्तरी जलेश्वरले ती अतिक्रमण हटाउन भनेर सोही स्थानमा पुग्दा गाँजाको खेती गरेको फेला पारेको हो। 

डिभिजन वन प्रमुख अजय मिश्रले अतिक्रमण हटाउन हिँडेको सयभन्दा बढी सुरक्षाकर्मीसहितको टोलीले गाँजा फँडानी गरेको बताए। सरकारले अवैध भनेको वस्तु वन क्षेत्र नै अतिक्रमण गरी खेती भएको फेला परेपछि गाँजाको खेती नष्ट गरी अतिक्रमण हटाएको उनले बताए। उनले दिनभरिमा वडा नम्बर १० र ११ को विभिन्न नौ स्थानमा पुगी करिब पाँच बिघा ११ कट्ठा जग्गामा लगाएको हजाराैँ गाँजाका बोट नष्ट गरेको बताए।

उनले अझै ४० देखि ५० हेक्टर जग्गामा गाँजाखेती गरेको हुन सक्ने बताउँदै सम्पूर्ण खेती नष्ट गर्न सुरक्षा निकाय अझै सक्रिय हुनुपर्ने बताए। उनले सोही क्षेत्रमा खोजी गरिए अझै धेरै गाँजाको खेती हुने ठाउँ फेला पर्न सक्ने सम्भावना रहेको बताए।

वन कार्यालयले समेत गाँजा निर्मूल गर्न लागेको भन्दै सम्पूर्ण सरोकारवाला निकायहरूको अझै सक्रियता आवश्यक रहेको थपे। उनको टोलीमा महोत्तरीस्थित सब-डिभिजनहरू, डिभिजन वन कार्यालय धनुषा, सागनाथ वन परियोजना, टुटेश्वर, बाँके र मरहा साझेदारी वन, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसमेतको सहभागिता थियो।