१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १ शनिबार
  • Friday, 18 April, 2025
२o८१ असार १ शनिबार १५:o५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मध्य मर्स्याङ्दीबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १ शनिबार १५:o५:oo

लमजुङस्थित ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको छ। मर्स्याङ्दी नदीमा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन बढेको हो। 

हिउँदयाममा मस्र्याङ्दी नदीमा पानी घट्दा उत्पादन पनि घटेको थियो। पाँच दिनअघिदेखि ७० मेगावाट नै उत्पादन हुन थालेको विद्युत् उत्पादन केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिए।

बर्खाको समय टर्बाइन खुला छाड्दा ७३ मेगावाटसम्म उत्पादन हुने जलविद्युत् केन्द्रबाट अहिले दैनिक औसत ७० मेगावाट विद्युत उत्पादन भएको केन्द्र प्रमुख बस्नेतले बताए। 

उनका अनुसार पानीको बहाव कम हुँदा हिउँदमा आयोजनाबाट औसत दैनिक ३०–३५ मेगावाट विद्युत् मात्र उत्पादन भएको हो। 

उक्त परियोजनामा ३५–३५ मेगावाटका दुईवटा टर्बाइन रहेका छन्। जिल्लाका अन्य जलविद्युत् आयोजनामा समेत पानीको बहाव बढेपछि विद्युत् उत्पादन बढ्न थालेको छ।

यो आयोजना सन् २००० मा निर्माण सुरु भई २००८ मा सम्पन्न भएको थियो। कुल २७ अर्ब २० करोडको लागतमा निर्मित आयोजना जिल्लाकै पहिलो विद्युत् आयोजनासमेत हो। 

लमजुङमा उत्पादन थालेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २५, १२ दशमलव १ र पाँच मेगावाटको सिउरी, चार दशमलव चार मेगावाटको राधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी जलविद्युत आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन्।