१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

फुल टस बलमा कोहलीलाई आउट दिँदा चर्को विवाद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:o८:oo

१७औँ इन्डियन प्रिपिमर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्सविरुद्ध रोयल बेंग्लोर च्यालेन्जर्सका विराट कोहलीलाई फुल टस बलमा आउट दिँदा यसको चर्को विवाद सुरु भएको छ । अम्पायरले कोहलीलाई आउट दिँदा एक समूहले सही निर्णय र अर्कोले गलत भएको दाबी गरिरहेको भारतीय मिडियाले जनाएको छ । उनीविरुद्ध हर्षित रानाले बलिङ गरेका थिए । कोहलीले अगाडि डिफेन्स गर्न खोज्दा कट एन्ड बोल्ड भएका थिए । 

फिल्ड अम्पायरले हर्षितको बललाई नियमअनुसारै फुल टस भएको जनाए । कोहलीले त्यसविरुद्ध थर्ड अम्पायरसँग रिभ्यु मागे । तर, थर्ड अम्पायरले समेत फुल टस बल नो बल नभएको निर्णय सुनाए । त्यसपछि कोहलीले फिल्ड अम्पायरसँगै वादविवाद गर्न थाले । मैदानमा निकै रिसाएका कोहली अम्यायरसँग चर्को स्वरमा कराइरहेका थिए । हर्षितले फ्याँकेको बल कोहलीको कम्मर हुँदै गएको थियो । 

बेंग्लोरका विराट कोहलीले  हर्षित रानाले फ्याँकेको फुल टस बललाई नो बल जनाउँदै रिभ्यु मागे, तर थर्ड अम्पायरले कम्मर मुनिको बललाई नो बल नभएको जनाए

नियममा के छ ?
बिसिसिआईले आइपिएलमा सहभागी सबै खेलाडीका उचाइ मापन गरेको छ । कोहलीको कम्भरको हाइट १.०४ मिटर रहेको छ । नयाँ प्रवधिअनुसार कोहली क्रिजमा ब्याटिङ गरिरहेको पोजिसनमा जमिनदेखि ०.९२ सम्मको उचाइमा नो बल हुँदैन । हर्षितले फ्याँकेको बल पनि उनको कम्मरमुनि नै गएको थियो । यसकारण, आइपिएलमा फिल्ड अम्पायरले कोहलीलाई फुल टस बलमै आउट दिएका हुन् । थर्ड अम्पायरले समेत हर्षितको बल कोहलीको कम्मरमुनि नै गएको मानेका छन् । 

एमसिसीको ४७.१ अनुसार कम्मरमुनि जाँदै गएको बललाई नो बल दिन मिल्दैन । यसमा ब्याट्सम्यानको हाइटको मापन हुन्छ । यदि ब्याट्सम्यान क्रिजमा भन्दा बाहिर आउँदा बल कम्भर हुँदै बाहिरिएको छ भने त्यो नो बल हुँदैन । कोहलीको हाइटअनुसार हर्षित बलले मान्यता पाएको जनाइएको छ । 

भारतका पूर्वखेलाडी पठानले आइसिसी, एमसिसी र आइपिएलको नियमअनुसारै कोहली आउट भएको दाबी गरेका छन् । कोहलीले विनाकारण विवाद निम्त्याएको उनको भनाइ छ । ‘यदि बल कम्मरभन्दा माथि रहेको अवस्था मात्र नो बल हुन्छ, तर कम्मरमुनि जाँदा नो बल हुँदैन, हिजो यस्तौ भएको थियो,’ पठानले भने, ‘फेरि त्यो बल निकै स्लो थियो ।’ नवज्योत सिंह सिद्धुले अम्पायरको निर्णय सही नभएको जनाएका छन् । लक्ष्य पछ्याएको इनिङ्सको तेस्रो ओभरमा कोहली फुलटस बलमा क्याच आउट भएका थिए ।

ad
ad