१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार ११:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईका क्रेडिट कार्ड होल्डरलाई ६ हजारमै विदेश भ्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:o४:oo

ग्लोबल आइएमई बैंक लिमिटेडले सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न बैंकको क्रेडिट कार्डवाहक ग्राहकलाई लक्षित गरी यो योजना ल्याइएको बैंकले जनाएको छ । 

आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थान अन्नपूर्ण बेसक्याम्प, धार्मिक गन्तव्यका रूपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्यान्ड, बाली, दुबई भ्रमणका लागि सहुलियत मूल्यका योजना ल्याइएको छ । 

बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम तीन हजार दुई सय १० रुपैयाँ र विदेश भ्रमणका लागि न्यूनतम ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो ।

 बैंकका क्रेडिट कार्डवाहक व्यक्तिले आइएमई ट्राभल्समार्फत टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ । साथै, यो योजनामा आबद्ध भई क्रेडिट कार्ड लिन चाहनेलाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट दिने भएको छ । 

ad
ad