१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार २१:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

अमेरिकामा नेपाली कराते खेलाडी नगदसहित सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २१:o४:oo

अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन्। सम्मान कार्यक्रममा टेक्सासको ह्युस्टनमा बस्ने नेपालीको उपस्थिति थियो।

१९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका युएस ओपन च्याम्पियनसिपमा सहभागी हुन अमेरिका गएका गुरुङ र १०औँ साग गेमका गोल्ड मेडलिस्टसमेत रहेका प्रशिक्षक श्रेष्ठलाई मोमो हाउस ह्युस्टनले १५ सय डलरसहित आज सम्मान गरेको हो। 

गत २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्सासमा भएको उक्त प्रतियोगितामा एरिकाले १८ देखि २० वर्ष उमेर समूह र ६८ केजी तौल समूहमा स्वर्ण पदक हात पारेकी थिइन्। साथै, सिनियर ६८ केजी तौलमा भने उनले रजत पदक प्राप्त गरेकी थिइन्। 

यो प्रतियोगिताले आगामी खेलकुदलाई थप सहयोग पुग्ने प्रशिक्षक श्रेष्ठले बताए। ‘युएस ओपन च्याम्पियनसिपको सिनियरमा नेपालीले स्वर्ण जितेको पहिलोपटक हो। थप हौसला मिलेको छ। २०औँ एसियन गेममा खेल्न मद्दत पुग्छ,’ प्रशिक्षक श्रेष्ठले भने। 

जुलाईमा भुटानमा हुने ८औँ साउथ एसियन कराते च्याम्पियनसिप प्रतियोगितालाई पनि सहयोग पुग्ने विश्वास प्रशिक्षक श्रेष्ठको छ। उनका अनुसार अमेरिका गएको कराते टोली ९ तारिखमा काठमाडौं फर्किनेछ।

ad
ad