१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २१ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २१ बुधबार १२:o७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २१ बुधबार १२:o७:oo

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला रु. एक लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर रु. एक लाख ३३ हजार तय भएको हो। 

यस्तै, तेजावी सुन तोलमा मंगलबार प्रतितोला रु. एक लाख ३० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३२ हजार तीन सय ५० निर्धारण भएको छ। 

चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबार प्रतितोला रु. एक हजार पाँच सय ४५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. ६५ ले बढेर रु. एक हजार ६ सय १० मूल्य निर्धारण भएको छ।