१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:४२:oo

सरकारले ठूला करदाताबाट अर्बौँको बक्यौता उठाउन किन सक्दैन ?
सरकारले कर परीक्षण राम्ररी गर्न सकेन । यो कर प्रशासकको व्यावसायिकतामा पनि भर पर्छ । ठूला करदाता र कर प्रशासकको ‘नेक्सस’ पनि हुन्छ । कर तिर्न ढिलाइ गर्दा पछि मिनाहा या छुट हुन सक्छ, पुनरावेदन गर्न सकिन्छ भन्ने मानसिकताले पनि काम गरेको हुन्छ । कर उठाउने कार्य कर प्रशासकको व्यावसायिक सदाचारितामा पनि निर्भर हुन्छ । कतिपय अवस्थामा करदातालाई राजनीतिक संरक्षण हुन्छ र कतिपय करदाता स्वयं राजनीतिज्ञ हुन्छन् । हामीकहाँ कर तिर्दा गर्वको महसुस हुँदैन । कर तिर्नु राष्ट्रिय गौरवको विषय हुँदैन । यसले गर्दा पनि मानिसले सकेसम्म कर तिर्न आलटाल गर्छन् । 
यसले समग्र राजस्व संकलनमा  कस्तो प्रभाव पार्ला ?
यसले असाध्यै धेरै नकारात्मक प्रभाव पार्छ । अहिले राजस्व संकलनमा आएको गिरावटले यो देखिइरहेको पनि छ । यसले आर्थिक क्रियाकलाप विस्तारमा नकारात्मक प्रभाव पार्छ । आर्थिक क्रियाकलाप विस्तार हुन नसक्दा रोजगारीको सम्भावना न्यून हुन्छ । यसले गर्दा युवा पलायन बढ्छ । युवा पलायन बढ्दा बजारमा माग सिर्जना हुँदैन । माग सिर्जना नहुँदा उत्पादन हुँदैन । जसको असर राजस्व संकलनमै पर्छ । यसले निराशा बढाउँछ ।  

यस्तो समस्याको समाधान कसरी गर्न सकिएला त ?
यसका लागि सबैभन्दा पहिले सरकारको विश्वसनीयता बढाउनुपर्छ । आफूले तिरेको कर सदुपयोग हुन्छ भन्ने विश्वास करदातामा दिलाउनुपर्छ । राजस्व परिचालन न्यायिक हुनुपर्छ । कर प्रशासनलाई कठोर, अनुशासित र व्यावसायिक बनाउनुपर्छ । 

ad
ad