१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १२:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विद्यार्थीले बनाए छुर्पीदेखि बिस्कुटसम्म

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:४o:oo

दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित मेट्रो कलेजका विद्यार्थीले छुर्पीदेखि बिस्कुटसम्मका परिकार बनाएका छन्। 

कलेजमा फुड एन्ड डेरीमा अध्ययनरत विद्यार्थीले छुर्पी, गुदपाक, बिस्कुट, किम्बुको जाम, रसवरी अचार, कोदोको मःम, क्याचअपलगायतका परिकार बनाएका हुन्। 

कलेजमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मकअन्तर्गत बनाएका ती सामग्री  शनिबार प्रदर्शन गरेका थिए। ‘किताबमा पढेको कुरालाई व्यवहारमा उतार्नका लागि यसरी विभिन्न परिकार बनाएका हौँ,’ विद्यार्थी सीमा नेपालीले भनिन्, ‘बिहान पढ्ने र दिनभर परिकार बनाउने गर्छौँ।’ 

आफूहरूले उत्पादन गरेको कुरालाई बजारीकरण कसरी गर्न सकिन्छ भन्ने पनि यो सिकाइले भूमिका खेल्ने उनको भनाइ छ। पढाइपछि आत्मनिर्भर बन्न सकिने र उत्पादन गुणस्तर मापनका लागि पनि प्रयोगात्मक गरिरहेको खाद्य प्राविधिक जुनु भट्टराईले बताइन्।

आइतबार उनीहरूले उत्पादन गरेका वस्तुहरू प्रदर्शन गरेका हुन्। त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बजारको आवश्यकताअनुसार रैथाने कुराहरू उत्पादन गर्नुपर्ने बताए। 

‘खाद्य स्वच्छता र हाम्रो दायित्व’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले बजारमा बिक्ने खालका सामग्री उत्पादन गर्नुपर्ने बताए। उनले भने, ‘हामीले उत्पादन गरेको वस्तु उपभोक्ताले खोज्नुपर्‍यो।’  

त्यस्तै, निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले अर्गानिक खाना नै अहिले उपभोक्ताले माग गरिरहेको भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताए। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षक राजेश चौधरीले गुणस्तरहिन खाद्यवस्तु स्वस्थ हुनुपर्ने भएकाले परीक्षण गरेर मात्रै बजारीकरण गर्नुपर्ने बताए।

तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले उत्पादित वस्तुको खाद्य स्वच्छता मापन गरेर मात्रै बजार पठाउनुपर्ने बताइन्। 

कलेज प्रमुख वसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण खाद्य प्रशिक्षक रक्षा पौडेलले गरेकी थिइन्। 

ad
ad