१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १२:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकद्वारा आगलागीपीडितलाई राहत वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:४४:oo

महालक्ष्मी विकास बैंकले वैशाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका– ६ मा आगलागीका कारण घरबारविहीन भएका एक सय ५० घरपरिवारका करिब पाँच सय ४५ जनाका लागि राहत सामग्री वितरण गरेको छ।

बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख ५० हजार रुपैयाँबराबरको सात सय ५० केजी आँटा, सात सय ५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, एक सय ५० प्याकेट नुन, चार सय ५० वटा नुहाउने र लुगा धुने साबुन र एक सय ५० काटुन चाउचाउलगायतका खाद्यान्नहरू सहयोग गरेको हो।

बुधबार मटिहानी नगरपालिका– ६ मा लागेको उक्त आगोले सयभन्दा बढी घर पूर्ण रूपमा जलेर खरानी भएका छन् भने ५० जति अन्य घरमा क्षति पुगी १५ करोडभन्दा बढीको धनमाल नष्ट भएको अनुमान गरिएको छ।

गत शनिबार मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल र बैंकको मधेश प्रादेशिक कार्यालयका प्रमुख सुदीपचन्द्र पोखरेलले जनकपुर शाखाका कर्मचारीहरूको सहभागितामा पीडित परिवारहरूलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका थिए।

ad
ad