१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १२:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:५३:oo

महोत्तरीको मटिहानी नगरपालिका– ६, जरलहवागाछी बस्तीका अग्निपीडित एक सय २० परिवारको राहत तथा सहयोगार्थ ज्योति विकास बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा एक सय २० घरधुरीलाई पुग्ने डसना र झुल प्रदान गरेको छ।

वैशाख १२ गते बुधबार आगोले क्षतिग्रस्त बनेको जरलहवा, गाछी बस्तीका पीडितहरूको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो। राहत वितरण कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट जनकपुर शाखाका शाखा प्रबन्धक सुरज श्रीवास्तवले मटिहानी नगरपालिका– ६ का वडाध्यक्ष कलिम अन्सारीको उपस्थितिमा उक्त राहत सामग्री पीडित परिवारलाई हस्तान्तरण गरेका हुन्।

ज्योति विकास बैंकले देशैभरि रहेका मातहतका कार्यालयहरूमार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत जिम्मेवारपूर्ण तवरले नागरिकका आकस्मिक एवं अत्यावश्यक क्षेत्रमा उल्लेख्य र रचनात्मक सहयोग गर्दै आएको छ।

ad
ad