१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत ४ आइतबार ११:२६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ट्रेकिङ जाँदा कस्ता खानेकुरा बोक्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत ४ आइतबार ११:२६:००

ट्रेकिङमा निस्कँदा आफ्नो ब्यागमा नक्सा वा कम्पास, टर्च, आवश्यक कपडा, सनस्क्रिन क्रिमलगायत प्राथमिक सामग्री राख्नुपर्छ । इनर्जी दिने खानेकुरा बोक्न बिर्सनु हुँदैन । किनकि भनेकै ठाउँमा होटेल–रेस्टुरेन्ट नभेटिन सक्छ । त्यस्तै, भेटिएका होटेलमा उपलब्ध खानेकुरा स्वस्थ्यवर्द्धक  नहुनपनि सक्छ ।

पानीको बोतल छुटाउन हुँदैन । यात्राभर शरीर हाइड्रेट रहन आवश्यक छ । कम्तीमा पनि तीन लिटर पानी यात्राका क्रममा तपाईंसँग हुनुपर्छ । पानीको बोतलसँगै पानी शुद्धीकरण गर्ने पीयूष पनि बोक्नु राम्रो हुन्छ । लामो दूरीको ट्रेकिङमा भने इनर्जी ड्रिंक्स पनि बोक्नुपर्छ । यसले थकित समयमा ऊर्जा दिन्छ । 

कफी वा टी–ब्याग पनि बोक्नु राम्रो हुन्छ । यसले मुड फ्रेस गर्छ र इनर्जी पनि दिन्छ । नट र चकलेट बोक्दा धेरै भारी हुँदैन, यो निकै पोषक तत्वले भरिएको हुन्छ । ड्राई फ्रुट्सले पनि इनर्जी दिन्छ । यसमा शरीरलाई आवश्यक पर्ने प्र्रोटिनको मात्रा प्रचुर हुन्छ ।

स्याउ, अंगुर, सुन्तला, केरालगायत केही ताजा फलफूल पनि बोक्न सकिन्छ । बिस्कुट, पाउरोटीलगायत तयारी खानेकुरा पनि बोक्नुपर्छ । मैदा नभएर जौबाट बनेका खानेकुरा बोक्नु राम्रो हुन्छ ।