१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १o:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ट्रेकिङलाई यादगार बनाउन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:५६:oo

अहिले ट्रेकिङको सिजन छ । मौसम खुला देखिने भएकाले पनि राम्रो दृश्य देखिन्छ । त्यही कारण ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक ट्रेकिङमा निस्कन्छन् । तर, ट्रेकिङमा निस्कनुअघि केही कुरा ख्याल गर्नुपर्ने हुन्छ । जसकारण, तपाईंको यात्रा यादगार रहन्छ । 

योजना बनाउनुस् 
कहाँ जाने भन्ने योजना पहिल्यै तय गर्नुपर्छ । ट्रेकिङ जाने रुट र पुग्ने गन्तव्य पहिल्यै तय हुनुपर्छ । गन्तव्यमा पुग्नका लागि कुन दिन कति समय हिँड्नुपर्छ भन्ने विषयमा जानकारी राख्नुपर्छ । त्यहाँको भौगोलिक वातावरणका विषयमा पनि जानकार हुनुपर्छ । कुन ठाउँमा उभिएर दृश्यावलोकन गर्ने, कहाँ वास बस्ने, कति समय हिँड्नेलगायत विषय जानकारी हुनुपर्छ । वनजंगल र भिरपाखाको भौगोलिक बनावट र ती स्थानमा जाँदा आउन सक्ने कठिनाइबारे सजग हुनु आवश्यक छ । सम्बन्धित स्थानमा यसअघि कुनै प्राकृतिक दुर्घटना भए÷नभएको थाहा हुन आवश्यक छ । ती स्थानमा कत्तिको जोखिम छ भनेर विभिन्न ट्रेकिङ कम्पनी वा पर्थप्रदर्शकसँग  जानकारी लिन सकिन्छ । मौसमसम्बन्धी पूर्वजानकारी राख्नुपर्छ । 

आवश्यक सामान
तपाईं कति लामो ट्रेकिङ गर्दै हुनुहुन्छ ? त्यहीअनुसार सामान प्याक गर्नुपर्छ । अनावश्यक सामान राखेर झोला भारी बनाउनु राम्रो हुँदैन । ट्रेकिङ गरेको एक–दुई दिनमै ज्यान भारी हुने भएकाले कम तौल भएको भारी बनाउनुपर्छ । 

ट्रेकिङ सुज, क्याप, चस्मा, लठ्ठी, पानीको बोतल, सनब्लक क्रिम, बडीलोसनलगायतका सामान अनिवार्य लानुपर्छ । नट्स, ड्राइफुड, इनर्जी ड्रिंक्सलगायत शक्तिवद्र्धक खानेकुरा बोक्नुपर्छ । समय–समयमा ब्रेक लिने, पर्याप्त पानी पिउने गर्नुपर्छ । सिटामोल, ब्यान्डेज, डिटोल, हयान्डीप्लास्टलगायत प्राथमिक स्वास्थ्य उपचारका सामग्री पनि आफूसँग बोक्नु राम्रो हुन्छ । 

प्रकृति र स्थानीयको सम्मान 
ट्रेकिङ जाँदा जथाभावी फोहोर फाल्नुहुँदैन । यसले प्रकृतिमा असर गर्छ ।  वर्षौंसम्म आफू घुमेको ठाउँको प्राकृतिक सुन्दरता कायम रहन सकोस् भन्नेतर्फ सचेत रहनुपर्छ । आफूसँग लगेका सामग्री प्रयोग गरिसकेपछि त्यसलाई राम्रोसँग डिस्पोज गर्न पनि जरुरी छ । बाटोमा भेटिएका जनावर र पशुपन्छीलाई दूरीमा रहेर अवलोकन गर्नुपर्छ । तर, जनावर तथा पशुपन्छी भेटिएपछि चिच्याउने, उनीहरूलाई तर्साउनेलगायत काम गर्नुहुँदैन । स्थानीय संस्कृति र पहिरनको सम्मान गर्नुपर्छ । यात्राका क्रममा होमस्टेमा पनि वास बस्न सकिन्छ । यस्तो हुँदा स्थानीय खानपान र संस्कृतिको मज्जा लिन पाइन्छ । 

ad
ad