१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ट्रेकिङ जाँदा यस्ता खानेकुरा...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:५४:oo

- अहिलेको समय घुमघामका लागि निकै उत्तम समय हो । मौसम सफा देखिने भएकाले पनि धेरै मानिस यस समय घुम्नका लागि निस्कन्छन् । यस सिजन ठूलो संख्यामा विदेशी पर्यटकहरूसमेत नेपालमा आउँछन् । तर, ट्रेकिङ जानुअघि हामीले केही पूर्वतयारी गर्नुपर्ने हुन्छ । आफूलाई चाहिन सक्ने खानेकुरा बोक्न बिर्सनुहुँदैन । किनकि, ट्रेकिङ रुटमा भनेकै ठाउँमा होटेल–रेस्टुरेन्ट नभेटिन सक्छ । 

- पानी बोक्न भुल्नुहुँदैन । तपाईंको शरीर हाइड्रेट रहन आवश्यक छ । कम्तीमा पनि तीन लिटर पानी यात्राका क्रममा तपाईंसँग हुनुपर्छ । पानीको बोतलसँगै पानी शुद्धीकरण गर्ने पियूष पनि बोक्नु राम्रो हुन्छ । 

- लामो दूरीको ट्रेकिङ गर्दैै हुनुहुन्छ भने इनर्जी ड्रिंक्स बोक्न नबिर्सनुस् । यसले तपाईंको शरीरलाई ऊर्जा दिन्छ । 

- हाइजेनिक खानेकुरा खाइरहने गर्नुपर्छ । ड्राई फ्रुट्सले पनि तपाईंलाई इनर्जी दिन्छ । यसमा शरीरलाई आवश्यक पर्ने प्र्रोटिनको मात्रा प्रचुर हुन्छ । तपाईंले स्याउ, अंगुर, सुन्तला, केरालगायत केही ताजा फलफूल पनि बोक्न सक्नुहुन्छ । बिस्कुट, पाउरोटीलगायत तयारी खानेकुरा पनि बोक्नुपर्छ । मैदा नभएर जौबाट बनेका खानेकुरा बोक्नु राम्रो हुन्छ । तयारी चाउचाउ पनि साथमा बोक्दा हुन्छ । 

- कफी वा टी–ब्याग पनि बोक्नु राम्रो हुन्छ । यसले तपाईंको मुड फ्रेस गर्छ र इनर्जी पनि दिन्छ । नट र चकलेट बोक्दा धेरै भारी हुँदैन, यी निकै पोषक तŒवले भरिएको हुन्छ । 

ad
ad