१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार ११:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ट्रेकिङ जाँदा के–के सामान बोक्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:४६:oo

हाइकिङ वा ट्रेकिङमा निस्कनुको मज्जा बेग्लै छ । प्रकृतिसँगको सामीप्यले तपाईंको समयलाई रमाइलो बनाउँछ । केही पूर्वतयारी गरेर निस्कनुभयो भने तपाईं यात्रामा देखिने सम्भावित चुनौतीहरूबाट पनि बच्न सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिले आफू घुम्न जान लागेको ठाउँका विषयमा पर्याप्त जानकारी लिनुपर्छ । त्यहाँको भौगोलिक बनावट, भिरपाखा, जंगललगायत विषयमा जानकारी हुनुपर्छ । मौसमबारे पनि जानकारी लिनुपर्छ । 

घुमघाममा निस्कँदा पानीको बोतल, सिटामोललगायत आधारभूत स्वास्थ्य सामग्रीको बाकस, ग्लुकोज, चकलेट, नट्सजस्ता इनर्जी दिने खानेकुरा तपाईंले झोलामा बोक्नुपर्छ । यात्रामा निस्कँदा तपाईंले झोलामा अन्य केही सामग्री पनि बोक्न जरुरी छ, जसकारण तपाईंलाई यात्रा अवधिभर असहज नहोस् । गर्मीमा मानिसहरू हाफ टिसर्ट लगाउन रुचाउँछन् । तर, लामो यात्रामा जाँदा तपाईंले पूरै बाहुला भएको टिसर्ट लगाउनुपर्ने हुन सक्छ । किनकि, ट्रेकिङका क्रममा तपाईंले घामको प्रत्यक्ष सम्पर्कबाट आफ्नो छालालाई जोगाउन जरुरी हुन्छ ।

गर्मीले तपाईंलाई टाउको दुख्ने, चक्कर लाग्नेलगायत समस्या निम्त्याउन सक्छ । त्यसैले टाउकोलाई घामको सीधा सम्पर्कबाट जोगाउन तपाईंले ह्याट लगाउनु राम्रो हुन्छ । टोपीले टाउको छोपिँदा घाम प्रत्यक्ष रूपमा टाउकोमा पर्न पाउँदैन, टाउको र घाँटी दुवै सुरक्षित रहन्छ ।

हिँड्दा छालामा सनस्क्रिन लगाउनुपर्ने हुन्छ । अन्यथा, घामको विकिरणले छालामा असर गर्न सक्छ । विभिन्न एलर्जी पनि देखिन सक्छ । गर्मीमा हिँड्दा शरीरबाट अत्यधिक पसिना आउने गर्छ । जसकारण, तपाईंलाई ब्याक्टेरियाले संक्रमण गर्न सक्ने जोखिम पनि रहन्छ । यसबाट बच्न एन्टिब्याक्टेरियल पाउडर झोलामा बोक्न नबिर्सनुस् । 

घामको विकिरणसँगको प्रत्यक्ष सम्पर्कबाट आँखालाई जोगाउन सनग्लास बोक्नु राम्रो हुन्छ । त्यस्तै, लामो यात्रामा जाँदा झोलामा लाइट ज्याकेट बोक्न नबिर्सनुस् । बिहानको समयमा उच्च स्थानमा तापक्रम कम हुन्छ । यदि तपाईंको ब्यागमा पर्याप्त कपडा छैन भने तपाईंले चिसो सहनुपर्ने हुन सक्छ । 

ad
ad