१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार ११:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ट्रेकिङ जाँदा नगरौँ फोहोर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:३८:oo

- मानिस ट्रेकिङ जाँदा रमाउँछन् । तर, मनोरञ्जनसँगै जिम्मेवार हुन पनि जरुरी छ । विशेषगरी आफू घुमेको ठाउँको सुन्दरता बिग्रन नदिन सचेत रहनुपर्छ । ट्रेकिङ जाँदा जथाभावी फोहोर फाल्नुहुँदैन । यसले प्रकृतिमा असर गर्छ । आफूसँग लगेका सामग्री प्रयोग गरिसकेपछि त्यसलाई राम्रोसँग डिस्पोज गर्न जरुरी छ । 

- पशुपन्छीलाई केही दूरीमा रहेर अवलोकन गर्नुपर्छ । चिच्याउने, उनीहरूलाई तर्साउनेलगायत काम गरेर उनीहरूलाई तर्साउन हुँदैन । स्थानीय संस्कृति र पहिरनको सम्मान गर्नुपर्छ । यात्राका क्रममा होमस्टेमा पनि वास बस्न सकिन्छ । यस्तो हुँदा स्थानीय खानपान र संस्कृतिको मज्जा लिन पाइन्छ । 

- कहाँ जाने भन्ने योजना, ट्रेकिङ रुट र पुग्ने गन्तव्य पहिल्यै तय हुनुपर्छ । त्यहाँको भौगोलिक वातावरण, मौसमसम्बन्धी पूर्वजानकारी राख्नुपर्छ । ट्रेकिङ अवधि ख्याल राखेर आवश्यक सामान प्याक तथा खानेकुरा तयार गर्नुपर्छ । सिटामोल, ब्यान्डेज, डिटोल, ह्यान्डिप्लास्टलगायत प्राथमिक स्वास्थ्य उपचारका सामग्री बोक्न बिर्सनुहुँदैन । 

ad
ad