१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o७:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रविलाई सूर्य नेपालको उपाधि

साबिक विजेता सदभावले अन्तिम दिन खराब प्रदर्शन गर्दा रविभन्दा सात स्ट्रोकले पछाडि परे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:१४:oo

साबिक विजेता तथा एमेच्योर गल्फर सदभाव आचार्यलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पूर्वनम्बर एक गल्फर रवि खड्काले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौँ सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । उनले सात वर्षपछि करिअरको पहिलो उपाधि जितेका हुन् । सन् २०१७ को अप्रिलमा सूर्य नेपाल एनपिजिए म्याच प्ले जितेपछि रविको पहिलो र सूर्य नेपाल टुरको १२औँ उपाधि हो । उपाधिसँगै रविले एक लाख प्राप्त गरेका छन् । लगातार दुई दिनका शीर्ष स्थानमा रहेका सदभावले अन्तिम दिन बिहीबार ६ ओभर ७४ को खराब प्रदर्शन गर्दा उपाधि रक्षा गर्ने मौका गुमाएका हुन् । 

सदभावले समग्रमा १ अन्डर २ सय ७१ को स्कोर गरी एमेच्योरतर्फको उपाधि जिते । एमेच्योरतर्फ समग्रमा ७ ओभर २ सय ७९ को स्कोरका साथ टासी छिरिङ दोस्रो भए । उनले ३ ओभर ७१ मा खेल सकाए । समग्रमा १ ओभर २ सय ७३ सहित प्रोफेसनलतर्फ दिनेश प्रजापति, दीपक मगर र धनबहादुर थापा संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन् । दिनेशले अन्तिम दिन ४ अन्डर ६४ को उत्कृष्ट स्कोर बनाए । दीपकले १ ओभर ६९ र धनले ३ ओभर ७१ को स्कोर खडा गरे । उनीहरूले समान ५१ हजार ६ सय ६५ रुपैयाँ पाएका छन् । 

पहिलो दिन शीर्ष स्थानमा रहेका रामे मगरले इभन पार ६८ खेल्दै समग्रमा ४ ओभर २ सय ७६ सहित पाँचौँ स्थानमा चित्त बुझाएका छन् । उनले ३६ हजार रुपैयाँ पाए । समग्रमा ५ ओभर २ सय ७७ को नतिजामा भुवन नगरकोटी, सञ्जय लामा, भुवन कुमार रोक्का र जयराम श्रेष्ठ संयुक्त रूपमा छैटौँ स्थानमा छन् । दाबेदार भुवनले आज ८ ओभर ७६ को बिर्सनलायक प्रदर्शन गर्दा तेस्रो स्थानबाट तल झर्दै छैटौँ स्थानमा खेल सकाउन बाध्य भएका छन् । 

सुरुमा तीन स्ट्रोकले पछाडि
प्रतियोगिताको अन्तिम १८ होलको खेल सुरुमा सदभावले भन्दा ३ स्ट्रोकले अग्रता लिएका थिए । सदभावले लय गुमाउँदा रविले त्यसको फाइदा लिए । रविले पहिलो, दोस्रो, चौथो र आठौँ होलमा बर्डी प्रहार गरे । तेस्रो र सातौँ होलमा एक–एक सट खेर फाल्दा उनले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । यता ३ स्ट्रोकको अग्रतामा दिनको सुरुवात गरेका सदभावले पहिलो होलमा बर्डी प्रहार गरे । त्यसपिछ तेस्रो होलको डबल बोगी र आठौँ होलको बोगीले फ्रन्ट नाइन २ ओभर ३६ मा सकाए । नौ होलको समाप्तीमा रविले सदभावलाई एक स्ट्रोकले पछि पारे ।

खेलको टर्निङ प्वाइन्ट दसौँ होल बन्यो । सदभावले टी सट जंगलमा प्रहार गरे । सदभावले दोस्रो सट ओबी खेल्दा यो होलमा ट्रिपल बोगीको सामना गर्न बाध्य भए । यता रविले यही होलमा इगल प्रहार गर्दा दसौँ होलको समाप्तिमा रविले सदभाव विरूद्ध ६ स्ट्रोकको अग्रता बनाए । यसपछि रविले १७औं होलमा एक सट खेर फाले भने १८औं होलको बर्डीले ब्याक नाइन २ अन्डर ३२ मा नै पूरा गरे ।

ad
ad