१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १६:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा ट्रक दुर्घटना, चालक र सहचालक घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:o३:oo

मेरिङ्देन गाउँपालिकामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्।

जिल्ला प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिकास्थित खाम्लुङ दोभान–सान्थाक्रा सडकखण्डमा ना.५ख ३२७६ नम्बरको ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमलकुमार लुंगेलीका अनुसार बिहान १०ः३० बजे ट्रक दुर्घटना भएको हो।

सो दुर्घटनामा परी ट्रकका चालक नुवाकोट जिल्ला घर भएका ३१ वर्षीय गोपी खड्की र धादिङ जिल्ला घर भएका सहचालक १७ वर्षीय रविन परियार घाइते भएको प्रहरी निरीक्षक लुंगेलीले जानकारी दिए।

एसियन हाइड्रोपावर कम्पनीको सामग्री बोकेर सान्थाक्रातर्फ जाँदै गरेको ट्रक खाम्लुङमा दुर्घटना भएको हो। ब्रेक फेल भई दुर्घटना भएको र ट्रक सडकदेखि करिब सय मिटर तल झरेको प्रहरीले जनाएको छ। उनका अनुसार घाइते दुवैजनाको जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य अवस्थामा उपचार भइरहेको छ। 
 

ad
ad