मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण १८ शुक्रबार
  • Friday, 14 August, 2026
२o८o फाल्गुण १८ शुक्रबार १९:o८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकले गर्‍याे ऋणीको मृत्युपछि ऋण मिनाहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १८ शुक्रबार १९:o८:oo

मुक्तिनाथ विकास बैंकले ऋणीको मृत्युपछि ऋण मिनाहा गरेको छ । चितवनस्थित खोलेसिमल शाखा कार्यालयबाट ऋण लिएकी निर्मला थापाको मृत्युपछि बैंकले बाँकी कर्जाको साँवा–ब्याजसहित सम्पूर्ण रकम मिनाहा गरेको हो । 

मुक्तिनाथ विकास बैंकमार्फत सञ्चालित समावेशी बैंकिङ कार्यक्रमअन्तर्गत बाँकी भएको कर्जाको साँवा–ब्याज र भुक्तान भइसकेको रकम सदस्यको संरक्षकलाई हस्तान्तरण गरिन्छ । 

सोहीअनुसार सदस्यको मृत्यु भएकाले सदस्यको संरक्षकले प्राप्त गर्ने काजकिरिया खर्च ३५ हजार रुपैयाँसहित कर्जा मिनाहाबापतको पाँच लाख ४७ हजार ४८ रुपैयाँ मृतक सदस्यका श्रीमान् राजेन्द्र थापालाई चेकमार्फत हस्तान्तरण गरेको मुक्तिनाथ विकास बैंक खोलेसिमल शाखाका प्रमुख सन्तोष तिवारीले जानकारी दिए । 

थापाले सात वर्षदेखि मुक्तिनाथ विकास बैंकको खोलेसिमल शाखाबाट नियमित कर्जा तथा बचत कारोबार गर्दै आएकी थिइन् । 

बिहीबार सम्पन्न ऋण मिनाहा तथा रकम हस्तान्तरण कार्याक्रममा बैंकको तर्फबाट नारायगणगढ उपक्षेत्रीय कार्यालयका अनुगमन अधिकृत सागर अर्याल, शाखा कार्यालय खोलेसिमलका शाखा प्रमुख सन्तोष तिवारी, सोही शाखाका डेस्क प्रमुख सुभाष गिरीसँगै कालिका नगरपालिका– ६ का वडाध्यक्ष टीकाराम रेग्मीको उपस्थिति थियो ।