Skip This
रुसमा नभाल्नीको सम्झनामा गरिएका शोक सभाबाट एक सयभन्दा बढी पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ५ शनिबार
  • Saturday, 27 July, 2024
तस्बिर : रोयटर्स
रासस मस्को
२o८o फाल्गुण ५ शनिबार १६:४६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसमा नभाल्नीको सम्झनामा गरिएका शोक सभाबाट एक सयभन्दा बढी पक्राउ

Read Time : < 1 मिनेट
रासस, मस्को
नयाँ पत्रिका
२o८o फाल्गुण ५ शनिबार १६:४६:oo

रुसी प्रहरीले विपक्षी नेता एलेक्सी नभाल्नीको स्मृतिमा राखिएको शोक कार्यक्रममा सहभागी १०० जनाभन्दा बढीलाई हिरासतमा लिएको ओभिडी–इन्फो नामक मानव अधिकारवादी समूहले जनाएको छ।

४७ वर्षीय क्रेमलिनका कट्टर आलोचक नभाल्नीको रुसको आर्कटिकमा १९ वर्षको जेल सजाय काटिरहेका वेला मृत्यु भएको शुक्रबार रुसी अधिकारीहरूले बताएका थिए। मृत्युको खबरले रुसभित्र र बाहिर रहेका नभाल्नीका समर्थक तथा प्रशंसकहरू शोकमा डुबेका छन्।

रुसका अस्थायी स्मारकहरूमा फूल राख्न मानिसहरू भेला भएका थिए। केही घटनामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको सामाजिक सञ्जालमा सम्प्रेषित फुटेजले देखाएको छ।

ओभिडी–इन्फोका अनुसार फेब्रुअरी १७ सम्ममा रुसको दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्गका ६४ सहित १० सहरमा १०१ भन्दा बढीलाई हिरासतमा लिइएको छ।

राजधानी मस्कोमा ११ जना र निज्नी नोभगोरोड, क्रास्नोडार, रोस्तोभ–अन–डन र ट्वेर सहरमा ११ जनालाई हिरासतमा लिइएको छ।

रुसमा असहमति विरोधी कडा कानुनअन्तर्गत विरोध प्रदर्शन गैरकानुनी छ। अधिकारीहरूले नभाल्नीको समर्थनमा हुने र्‍यालीमा कडाइ गरेका छन्।

रुसको राजधानी मस्कोको मध्यभागमा हुने विशाल र्‍यालीमा भाग लिन अनलाइनमार्फत गरिएको आह्वानबारे आफूहरू जानकार रहेको र त्यहाँ उपस्थित नहुन चेतावनी दिइएको रुसी प्रशासन र सरकारी अधिकारीहरूले बताएका छन्।