Skip This
३ प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ४ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण ४ शुक्रबार o७:५६:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ४ शुक्रबार o७:५६:oo

हाम्रो समाजमा परिवारका सदस्य तथा चिनजानका व्यक्तिबाटै हुने हत्याका घटना किन बढिरहेका छन् ?
परिवारका सदस्य या चिनजानका व्यक्तिबाट हुने हत्यामा पनि कसले कसको हत्या गर्‍यो भनेर हेर्नुपर्ने हुन्छ । पुरुषले महिलाको हत्या गर्‍यो कि महिलाले पुरुषको ? श्रीमान्ले श्रीमतीको हत्या गर्‍यो कि श्रीमतीले श्रीमान्को ? धनीले गरिबको हत्या गर्‍यो कि गरिबले धनीको ? शक्तिशालीले शक्तिहीनको हत्या गर्‍यो कि शक्तिहीनले शक्तिशालीको ? यस्ता अधिकांश हत्या राम्ररी चिनजानकै व्यक्तिबाट हुनुको कारण उसले आफ्नो ‘टार्गेट’ को हैसियत राम्ररी बुझेको हुन्छ । उसको कमजोरी थाहा पाएको हुन्छ । जसले गर्दा ऊ अपराध कर्म गर्न उत्साहित हुन्छ । त्यसैले, यस्ता अधिकांश घटनामा परिवारभित्रैका र चिनजानका व्यक्तिहरू संलग्न देखिएका हुन् ।

यस्ता घटना बढ्नुमा हाम्रो समाज कति जिम्मेवार हुन्छ ?
मुख्य जिम्मेवार नै समाज हो । समाजमा बसोबास गर्ने मानिसहरूबीचको सम्बन्ध यस्ता घटनामा विशेष जिम्मेवार हुन्छ । यो समाजभित्रको संरचना र सामाजिक संस्कारसित पनि जोडिएको हुन्छ । सामाजिक संरचनाले सम्बन्धहरूको निर्धारण गरेको हुन्छ । त्यही सम्बन्धले व्यक्ति व्यक्तिबीच भिन्नता सिर्जना गर्छ । त्यसैले, यस्ता घटनामा मुख्यगरी समाज र त्यसले निर्धारण गर्ने सम्बन्धको विशेष भूमिका हुन्छ । 

यस्ता घटना न्यूनीकरण या रोकथाम गर्न सकिन्छ कि सकिन्न ?
सकिन्छ । यसका लागि सबैभन्दा पहिला हाम्रो परम्परागत ऐतिहासिक सामाजिक संरचनाको सोपान सच्याउनुपर्छ । त्यसलाई सच्याइएन भने कडा कानुन ल्याउँदैमा मात्र यसको सामान्य न्यूनीकरण सम्भव भए पनि निर्मूलीकरण सम्भव छैन ।