१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एसिसी महिला प्रिमियर कप २०२४ : सीताको ह्याट्रिकसँगै नेपाल सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:१७:oo

सीता रानामगरको ह्याट्रिकको सहयोगमा नेपालले बुधबार एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल स्थान पक्का गरेको छ । नेपालले अब शुक्रबार आयोजक मलेसियाको सामना गर्नेछ । प्रतियोगिताको बुधबार मलेसियाको बांगीमा भएको क्वार्टरफाइनलमा कुवेतलाई आठ विकेटले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो । वर्षाका कारण प्रभावित खेलमा कुवेतले पहिलो ब्याटिङ गरी २० ओभरमा नौ विकेट गुमाएर ७३ रनको झिनो योगफल खडा गर्‍यो । नेपालले लक्ष्य पछ्याउँदा वर्षाले खेल प्रभावित पारेको थियो । 

त्यसपछि डकवर्थ लेविस नियमअनुसार नेपालले नयाँ लक्ष्यका रूपमा १२ ओभरमा ५० रन पायो । नेपालले ६.५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । म्यान अफ दी म्याच सीताले बलिङतर्फ ह्याट्रिक र ब्याटिङमा १७ रनको योगदान दिइन् । यसैगरी कप्तान इन्दु बर्माले २१ बलमा २२ रन बनाइन् । नेपाललाई सेमिफाइनल पुर्‍याउन महत्वपूर्ण योगदान गरेकी अलराउन्डर सीताले म्यान अफ दी म्याचको अवार्ड श्रीमान्लाई समर्पण गरेकी छिन् । कुवेतविरुद्ध ह्याट्रिक लिएपछि उनले भनिन्, ‘आजको यो अवार्ड मेरो श्रीमान्लाई समर्पण गर्न चाहन्छु । साथसाथै ह्याप्पी भ्यालेन्टाइन डे पनि भन्न चाहन्छु ।’ सीता र पूर्वबक्सिङ खेलाडी दिलीप लामाको विवाह चार वर्षअघि भएको थियो । 

सीताको ह्याट्रिक
पहिलो ब्याटिङ गरेको कुवेतविरुद्ध सीताले लगातार तीन बलमा विकेट लिँदै ह्याट्रिक लिइन् । उनले १२.२ ओभरमा कुवेतकी ओपनर प्रियादा मुरलीलाई एलबिडब्लूको धरापमा राखिन् । प्रियादाले ३३ बलमा २९ रन बनाइकी थिइन् । १२.३ ओभरमा सीताले मर्यम ओमारलाई स्टम्पिङ गराइन् । नेपालकी विकेटकिपर काजल श्रेष्ठले ओमारलाई स्टम्प आउट गराएकी हुन् । १२.४ ओभरमा सीताले कुवेतकी कप्तान अम्ना सरिफलाई एलबिडब्लूको धरापमा राख्दै ह्याट्रिक लिन सफल भइन् । सीताले चार ओभरमा ११ रन खर्चेर तीन विकेट लिइन् । उनले आफ्नो बलिङ स्पेलमा १४ डट बल फ्याँकेकी थिइन् । नेपालकी कविता कुँवरले चार ओभरमा नौ रन खर्चंदै दुई विकेट हात पारिन् । यसैगरी, पूजा महतोले दुई ओभरमा आठ रन मात्र दिइन् । पूर्वकप्तान रुविना क्षेत्रीले चार ओभरमा १० रन दिँदै दुई विकेट लिइन् । 

दोस्रो विकेटमा ४० रनको साझेदारी
लक्ष्य पछ्याएको इनिङमा नेपालको कमजोर सुरुवात भएको थियो । ओपनर कविता र सीताबीच पहिलो विकेटका लागि ०.६ ओभरमा चार रनको साझेदारी भएको थियो । कविताले एक रन मात्र जोडिन् । कप्तान इन्दु बर्मा र सीताबीच दोस्रो विकेटका लागि ४० रनको साझेदारी भएको थियो । यसै साझेदारीका कारण नेपालले कुवेतमाथि सहज जित निकालेको हो ।

 बर्माले २१ बलमा एक चौकाको सहयोगमा २२ रनको योगदान दिइन् । सीताले १५ बलमा दुई चौकाको सहयोगमा १७ रन बनाइन् । कुवेतकी मायाम ओमारले एक विकेट लिइन् । उनले १.५ ओभरमा ११ रन खर्चेकी थिइन् । यसअघि कुवेतको ब्याटिङमा सान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३ रन बनाए । अन्य खेलाडीले दोहोरो रन पनि बनाउन सकेनन् । कुवेतको ५४ रनको अवस्थामा तीन विकेट गुमेको थियो । 

ad
ad