१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार २o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीका चार डिआइजी र एक सय एसपीको सरुवा (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २o:३२:oo

सशस्त्र प्रहरी बल नेपालका चारजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) र सय सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। 

गृहमन्त्रीस्तरको २४ माघको निर्णयअनुसार चारजना सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूलाई सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरूमा काज खटाइएको छ। 

डिआइजी गणेश ठाडामगरलाई नम्बर ३ गढीमाई बाहिनी मकवानपुर, दुर्गाप्रसाद भट्टराईलाई नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतमा सरुवा गरिएको छ। मकवानपुर बाहिनीमा कार्यरत डिआइजी लक्ष्मणबहादुर सिंहलाई सीमा सुुरक्षा विभाग र सुर्खेतस्थित बाहिनीमा कार्यरत प्रदीपकुमार पाललाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ। 

सशस्त्र प्रहरी प्रधान कार्यालयले सयजना सशस्त्र प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ। संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन ०८० स्वीकृत भई कार्यान्वयन भएपश्चात् नयाँ बढुवा भएका सि.सं. ३ सशस्त्र प्रहरी निरीक्षक टोलीका सशस्त्र प्रहरी उपरीक्षकसहित सिनियर ब्याच सि.सं. २ र अन्य विभागीय सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कमान्डको जिम्मेवारी दिइएको छ। 

सशस्त्र प्रहरी उपरीक्षकहरूले विगतमा गरेका कमान्डको समेतलाई आधार मानी ज्येष्ठ सशस्त्र प्रहरी उपरीक्षकहरूलाई सोहीअनुसारको जिम्मेवारी दिइएको बताइएको छ। 

संगठनले अख्तियार गरेको पूर्वानुमान सूचीमा आधारित रही हाल रिक्त रहेका कमान्डलाई आधार मानी मेरिटअनुसार ४१ जना सशस्त्र प्रहरी उपरीक्षकहरूले कमान्डको जिम्मेवारी प्राप्त गरेका छन्। उनीहरूको पूर्वानुमान सूची यही ५ असोजमा प्रधान कार्यालयले ५० जनाको मुख्य र १० जनाको वैकल्पिक सूचीमा सूचीकृत गरी प्रकाशन गरेको थियो।

 

 

ad
ad