१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
तस्बिर : एएफपी
रासस चिली
२०८० माघ २१ आइतबार १५:२६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चिलीकाे डढेलोमा परी कम्तीमा ५१ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, चिली
२०८० माघ २१ आइतबार १५:२६:००

चिलीमा लागेको डढेलोका कारण आइतबारसम्म कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने घरहरू जलेर नष्ट भएका छन्।

सुक्खा मौसम र तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट)सम्म पुगेपछि देशको मध्य र दक्षिणी भागमा आपतकालीन अवस्था घोषणा गरिएको छ।

शनिबार अधिकारीहरूले ‘प्रारम्भिक’ मृत्यु संख्या १० जनाभन्दा बढी भएको हुन सक्ने बताएपछि राष्ट्रपति गेब्रियल बोरिकले डढेलो नियन्त्रणका लागि आवश्यक सबै स्रोत–साधन उपलब्ध गराउने मार्गप्रशस्त गर्दै तत्काल ‘विपत्तिका कारण आपतकालीन अवस्था’को घोषणा गरेका छन्। 

चिलीको मध्य तटीय क्षेत्रमा पर्ने भाल्पाराइसो पर्यटकीय क्षेत्रको भिना डेल मार सहरमा बाक्लो खैरो धुवाँको कारण त्यहाँका बासिन्दाले श्वास–प्रश्वासमा कठिनाइको महसुस गरेपछि सहरबाट सुरक्षित स्थलतर्फ भाग्न बाध्य भएका छन्।

एल निनो मौसमी घटनाका कारण दक्षिण अमेरिकाको दक्षिणी भागलाई प्रभावित गर्ने ग्रिष्मकालीन गर्मी र खडेरीका कारण डढेलो लागेको हो। वैज्ञानिकहरूले तीव्र गर्मी र डढेलोजस्ता प्राकृतिक प्रकोपहरूको जोखिम बढेको भन्दै सावधानीका लागि आग्रह गरेका छन्।

चिली र कोलम्बियाले बढ्दो तापक्रमसँग जुधिरहँदा आगामी दिनमा अर्जेन्टिना, पाराग्वे र ब्राजिलमा पनि गर्मी बढ्ने बताइएको छ।