१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस बाँके
२o८१ बैशाख ३१ सोमबार १६:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डढेलो नियन्त्रणका लागि बाँकेमा दुई हजार किलोमिटर अग्निरेखा

Read Time : < 1 मिनेट
रासस, बाँके
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:oo:oo

डढेलो नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्जले दुई हजार किलोमिटर अग्निरेखा निर्माण गरेको छ । डढेलो नियन्त्रण गर्न निकुञ्जले पूर्वसावधानी अपनाउँदै निकुञ्जअन्तर्गतको बढी डढेलो प्रभावित क्षेत्रमा बनाइएको अग्निरेखा डढेलो नियन्त्रणमा प्रभावकारी भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले बताए। 

‘निकुञ्ज क्षेत्रभित्र पर्ने डढेलो जोखिमयुक्त क्षेत्र महादेवा, कोहलपुर, चिसापानी, मुगुवा, खैरी खोला र चुरे क्षेत्रमा अग्निरेखा प्रभावकारी देखिएको छ,’ वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले भने, ‘अग्निरेखाले निकुञ्जको वन क्षेत्रमा डढेलो फैलिन रोकेको छ ।’

निकुञ्जले डढेलो नियन्त्रणलाई प्राथमिकता दिँदै विशेष तालिमप्राप्त सेना र कर्मचारी रहने गरी र्‍यापिड फायर टिम (आरआरटी)लाई २४सै घण्टा तयारी अवस्थामा राखेको छ । निकुञ्ज क्षेत्रभित्र कुनै पनि स्थानमा डढेलो लागेको सूचना प्राप्त हुनेबित्तिकै आरआरटी टिम तत्काल पुगेर अग्नि नियन्त्रणमा जुट्ने उनको भनाइ छ । 

‘बढ्दो गर्मीसँगै निकुञ्ज क्षेत्रमा हुने आगलागीले वन्यजन्तु समस्यामा पर्ने भए पनि क्षति पुगेको विवरण छैन,’ बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत साहले भने, ‘ठूलो आगलागीका कारण वन्यजन्तुलाई समस्या हुने गरेको छ । यो वर्ष मुगुवा, ओभरी र खैरी क्षेत्रमा बढी आगलागी भएको छ ।’

बाँके राष्ट्रिय निकुञ्जको अधिकांश क्षेत्र झाडी र बुट्यानसहित सुक्खा क्षेत्र भएकाले डढेलोको उच्च जोखिममा पर्छ । डढेलोको कारण संरक्षित जीव अजिंगर संरक्षण गर्न चुनौती बन्दै गएको छ । ठूलो आकारको जीव अजिंगर बिस्तारै हिँड्ने भएकाले डढेलोबाट अजिंगरका अन्डा र बच्चा मर्ने सम्भावना बढी हुन्छ ।
 
डढेलो नियन्त्रण गर्न निकुञ्जले पूर्वसावधानी अपनाउँदै बर्सेनि अग्निरेखा निर्माण गर्दै आएको छ । निर्माण भएको अग्निरेखाको मर्मत–सम्भार गर्दै नयाँ क्षेत्रमा विस्तार कार्य नियमित रुपमा हुने गरेको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत साहले बताए।

ad
ad