१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १३:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मानुषी लघुवित्त र सिर्जनशील लघुवित्त एक हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:o१:oo

मानुषी लघुवित्त र सिर्जनशील लघुवित्त एक–आपसमा गाभिने भएका छन्। मानुषी लघुवित्तले शनिबार बनेपाको पुतलीघर रिसोर्टमा सम्पन्न विशेष साधारणसभामा गाभिने प्रस्ताव पारित गरेको हो।

सभाले ७३ः१०० को अनुपातमा सेयर आदान–प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ। सभाले सञ्चालक समितिकोे निर्विरोध चयन पनि गरेको छ।

गाभिने सम्बन्धमा दुई संस्थाबीच गत आर्थिक वर्ष नै प्रारम्भिक सम्झौता भएको थियो। सभाले गाभिने सम्बन्धमा बाँकी रहेका सम्पूर्ण कार्य पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

सिर्जनशील लघुवित्तले पनि शनिबार नै विशेष साधारण सभा सम्पन्न गर्दै गाभिनेलगायतका प्रस्ताव पारित गरेको छ।

ad
ad