१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
रासस तनहुँ
२o८१ जेठ ६ आइतबार १३:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

व्यास नगरपालिकालाई प्लास्टिक झोलामुक्त बनाउन कार्यविधि पारित

Read Time : < 1 मिनेट
रासस, तनहुँ
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १३:४२:oo

तनहुँको व्यास नगरपालिकाले ‘प्लास्टिकमुक्त अभियानसम्बन्धी कार्यविधि’ २०८१ पारित गरेको छ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको नगरकार्यपालिका बैठकले आगामी जेठ १ गतेदेखि नगरलाई प्लास्टिक झोलामुक्त बनाउने अभियान उद्देश्यसहित कार्यविधि पारित गरिएको प्रवक्ता जीवन गुरुङले जानकारी  दिए। 
उनले अभियानलाई कार्यान्वयन गर्न १४ वटै वडा कार्यालयमा परिपत्रसमेत गरिएको बताए।

नगरपालिकाभित्र सबै प्रकारका प्लास्टिक झोला प्रयोगमा पूर्ण रूपमा निषेध गर्ने निर्णय भएकाले सामान खरिद गर्दा कपडा, फाइबर, जुट वा कागजको झोला मात्र प्रयोग गर्न नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ। साथै व्यापारी, व्यवसायीलाई समेत प्लास्टिक झोलाको सट्टा वैकल्पिक झोला बिक्री–वितरण गर्न अनुरोध गरिएको छ।

नगर उपप्रमुख इन्दिरा दरैले प्लास्टिक झोलामुक्त व्यास नगर अभियान सफल बनाउने दायित्व सबै नगरवासीको भएकाले सबैले सूचनाको पालना गर्ने विश्वास व्यक्त गरिन्। नियमानुसार नगरिए प्लास्टिक झोला जफत गरी नियमअनुसार जरिवाना गर्ने व्यवस्था रहेकाले अभियानलाई सफल बनाउन सबै तह र तप्काबाट सक्रिय सहभागिता हुने अपेक्षा गरिएको उनको भनाइ छ। 

त्यसैगरी बैठकले व्यास नगरपालिका– ५ स्थित मानहुकोट पर्यटकीय क्षेत्रमा घर निर्माणसम्बन्धी मापदण्ड तोकी घर निर्माण प्रक्रिया खुला गर्ने र मानहुकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजनाको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

ad
ad