१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १३:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘जाऊँ हिँड रेसुंगा’ अभियान देशका मुख्य सहरदेखि अयोध्यासम्म 

समृद्धिको आशा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १३:२४:oo

गुल्मीको रेसुंगा नगरपालिकाले रेसुंगालाई समृद्धिको प्रमुख आधारको रूपमा अगाडि बढाउन ‘जाऊँ हिँड रेसुंगा’ अभियान सुरु गरेको छ। उद्योग कलकारखाना नभएका पहाडी जिल्लाको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र कृषि पर्यटन हो। 

जसका लागि रेसुंगा नगरपालिकाले धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुंगालाई प्रमुख पर्यटन गन्तव्य बनाउन ‘जाऊँ हिँड रेसुंगा’ अभियान सुरु गरेको छ। अभियानकै क्रममा गत २० वैशाखमा काठमाडाैंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्चपदस्थ व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम गरिएको छ। 

काठमाडाैंको कार्यक्रमले रेसुंगाको पहिचान देशभर बनाएको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले दाबी गरे। सोमबार पत्रकार सम्मेलनमा बोल्दै मेयर पन्थीले प्रधानमन्त्रीको प्रतिबद्धता र उद्योगी–व्यवसायीको ऐक्यबद्धताले रेसुंगाको समृद्धिको नयाँ आयाम अगाडि बढेको बताए। 

‘रेसुंगामा प्रधानमन्त्रीलाई बस्न बोलाएका छौँ। उहाँले मन्त्रिपरिषद्को बैठक राख्नेसम्मको आश्वासन दिनुभयो,’ पन्थीले भने, ‘ठूला–ठूला उद्योगी–व्यवसायी र उच्चपदस्थ व्यक्तिहरूको ऐक्यबद्धता पाएका छौँ।’ 

अहिले रेसुंगामा धार्मिक तथा पर्यटकीय संरचनाहरू निर्माण भइरहेका छन्। स्तरीय होटेल तथा सडकको सहज पहुँच भएकाले रेसुंगा पुग्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ। 

नगरपालिकाको एक लाख पर्यटक रेसुंगामा पुर्‍याउने लक्ष्य थियो। गत २१ जेठबाट सुरु भएको अभियानमा देशका ५५ जिल्ला र कोरिया, फ्रान्स, बेलायत र अमेरिकाका समेत गरेर झन्डै एक लाख आन्तरिक तथा बाह्य पर्यटक रेसुंगामा पुगेको नगरको दाबी छ। 

त्यस्तै, अबदेखि रेसुंगा विमानस्थलबाट हप्ताको चार दिन उडान हुने भएको छ। यसले रेसुंगाको पर्यटकीय विकाससँगै जिल्लाकै आर्थिक समृद्धिमा बलियो इँटा थप्नेछ। तराईसँग गुल्मी जोड्ने सबैभन्दा छोटो सालझण्डी–खर्ज्याङ–तम्घास सडकको काम अगाडि बढेको छ। यो सडक कालोपत्रे भएपछि शीतलताको खोजीमा पहाड उक्लिनेहरूको संख्या बाक्लो हुनेछ। 

मेयर पन्थीले काठमाडौंको कार्यक्रमले ऊर्जा दिएकाले बुटवल, पोखरा, नेपालगन्जसहित देशमा मुख्य सहरमा ‘जाऊँ हिँड रेसुंगा’ अभियानको साथमा पुग्ने बताए । उनले भारतको अयोध्यासम्म पुग्ने र नेपालका चार धामको जल रेसुंगा पोखरीमा राख्ने योजना रहेकोसमेत बताए। 

उनले पूर्वनिर्धारित कार्यक्रम हुँदा पनि रेसुंगाको आगलागीको विषय जोडेर स्वार्थपूर्ण आलोचना गर्नेहरूप्रति खेद प्रकट गरे। 

‘त्यसवेला रेसुंगामा मात्र होइन, देशभर आगलागी थियो। पूर्निर्धारित प्रधानमन्त्रीसहितको कार्यक्रमको कारणले गर्नैपर्ने बाध्यता रह्यो,’ उनले भने, ‘कोठाबाट रेसुंगाको आगो र काठमाडाैं कार्यक्रम जोडेर आलोचना गर्नेहरूप्रति खेद प्रकट गर्दछु।’ उनले दुई–तीन दिनमा काठमाडाैंको सबै खर्च सार्वजनिक गर्ने बताए।

रेसुंगाडाँडाको तस्बिर सौजन्य : काजी फोटो

 
 

ad
ad