१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
२o८१ जेठ १४ सोमबार १३:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सहिद भीमनारायण गोल्डकप : एपिएफको विजयी सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १३:५७:oo

धनकुटामा सुरु भएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ टिमले विजयी सुरुवात गरेको छ।

सोमबार बिहान भएको खेलमा एपिएफले फोरस्टार युवा क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गरेको हो। आइतबार भएको उद्घाटन खेलमा खेल सुरु भएको दोस्रो मिनेटमा नै एपिएफका सुमन श्रेष्ठले गोल गरेका थिए। त्यही गोल नै आज निर्णायक बन्न पुगेको हो।

हिजो वर्षाका कारण मध्यान्तरपछि खेल हुन पाएको थिएन। खेल हुन नसक्ने अवस्था भएपछि आयोजकले आज बिहान बाँकी खेल खेलाएको हो। आज दुवै टिमबाट कुनै गोल हुन सकेन।

उद्घाटन खेलमा एपिएफका सुमन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए। उनले नगद पाँच हजार पुरस्कार पाएका छन्।

वैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार नगद पाउने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए।

सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा ०५५ सालदेखि सुरु भएको प्रतियोगिताको यो १६औँ संस्करण हो। हरेक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण केही वर्ष स्थगित भएको थियो।

ad
ad