१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २९ शनिबार ११:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भूकम्पपीडितलाई नेसनल लघुवित्तको ५० लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार ११:१२:oo

नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पका पीडितलाई आर्थिक सहयोग गरेको छ । लघुवित्तले कुल ५० लाख रुपैयाँ सहयोग गरेको हो । लघुवित्तले मानवीय सहायताअन्तर्गत सल्यानको दार्मा गाउँपालिकाका भूकम्पपीडितका लागि गाउँपालिका विपत् कोषमा चार लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको जनाएको छ ।

त्यस्तै, बागचौर शाखाअन्तर्गत वित्तीय संस्थामा आबद्ध ६ सय ८१ जना सेवाग्राहीलाई राहतस्वरूप २१ लाख ५४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ । त्यस्तै, रुकुम–पश्चिमको आठबिसकोट नगरपालिकालाई चार लाख रुपैयाँ तथा आठबिसकोट शाखाअन्तर्गत वित्तीय संस्थामा आबद्ध तीन सय ७० जना सेवाग्राहीलाई ११ लाख ६४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको संस्थाले जनाएको छ । त्यस्तै, मुसिकोट नगरपालिकामा रहेको सेरीगाउँ शाखाका सेवाग्राही सदस्यहरू दुई सय ५० जनालाई सात लाख ५६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ ।

दुई अलग–अलग कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी र आठबिसकोट नगरपालिकाका मेयर रवि केसीलाई चेक हस्तान्तरण गरेको जनाइएको छ । 

सहयोग प्रदान गर्दै नेसनल लघुवित्तका सिइओ रामबहादुर यादवले दुर्गम गाउँ–बस्तीमा आफ्ना सेवाग्राही सदस्यलाई सामाजिक तथा आर्थिक उत्थानका लागि लघुवित्त कार्यक्रमका माध्यमबाट गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने बताए । हाल लघुवित्तले देशका ७२ जिल्लामा दुई लाख २० हजारभन्दा बढी सदस्यबीच वित्तीय कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।

ad
ad