१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष २० शुक्रबार ०८:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेल बुटवल र तनहुँ जाने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष २० शुक्रबार ०८:१४:००

राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल र तनहुँका फरक–फरक कार्यक्रममा सहभागी हुने भएका छन्। शुक्रबार बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा सहभागी हुनका लागि बुटवल जान  लागेका हुन् ।

राष्ट्रपति पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । राष्ट्रपति पौडेल दिउँसो १ बजे जितगढी किल्लामा आउने र किल्लाको अवलोकनपश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् । 

त्यसभन्दा अगाडि राष्ट्रपति पौडेल शुक्रबार नै गृहजिल्ला तनहुँ पनि जाने भएका छन् । राष्ट्रपति पौडेलले भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।

राष्ट्रपति पौडेल दोस्रोपटकको गृहजिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन्।  यसअघि असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आएका थिए ।