१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० पौष १५ आइतबार १५:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसले ५५औँ पटक रक्तदान गरे 

Read Time : < 1 मिनेट
२०८० पौष १५ आइतबार १५:५४:००

चितवन गीतानगरका भगीरथ तिमिल्सिनाले ५५औँ पटक रक्तदान गरेका छन्। केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड उपाध्यक्ष एवं सहकारी अभियन्ता तिमिल्सिनाले शनिबार ५५औँ पटक रक्तदान गरेका हुन्।

चम्पानगरमा रहेको हिमाल युवा क्लब र उज्ज्वल दुग्ध उत्पादक सहकारी संघले संयुक्त रूपमा गरेको रक्तदान कार्यक्रममा रगत दिएसँगै उनको रक्तदानको रेकर्ड ५५ पटक भएको हो।

भरतपुर– ६ को माओवादी केन्द्रको अध्यक्षसमेत रहेका तिमिल्सिनाले ०४५ सालमा पार्टीकै रक्तदान कार्यक्रममा १९ वर्षको उमेर हुँदा पहिलोपटक रक्तदान गरेको बताए। 

‘पहिलोपटक रक्तदान गरेपछि नियमित रूपमा तीन–तीन महिनामा रक्तदान गर्दै आएको छु,’ उनले भने, ‘१० वर्षे जनआन्दोलनका समयमा निरन्तर भएन। युद्धपछि त्यसबाहेकका दिनमा नियमित रक्तदान गर्दै आएको छु।’ 

उनले तीन महिना कट्ना साथ आवश्यक परेकालाई अस्पतालमै गएर वा रक्तदान भएको ठाउँमा पुगेर रगत दिने गरेको सुनाए। मानव सेवा गर्नुपर्छ भन्ने मनसायले रक्तदान गर्न सुरु गरे पनि अहिले नियमित रक्तदान गर्ने बानी परेको तिमल्सिना बताउँछन्। 

‘रगत दिँदा मानिस स्वस्थ्य हुनेरहेछ,’ उनले भने, ‘मेरो उमेरकालाई विभिन्न रोग लागेको देखेको छु। रक्तदान नियमित भएकाले नै म स्वस्थ र निरोगी छु भन्ने ठानेको छु।’ 

शनिबार सम्पन्न रक्तदान कार्यक्रममा तिमिल्सिनासँगै ३४ पुरुष र चार महिला गरी ३७ जनाले रक्तदान गरेको हिमाल युवा क्लबका अध्यक्ष सञ्जीव न्यौपानेले बताए।