१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०८० चैत १६ शुक्रबार ०९:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित चितवनबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
२०८० चैत १६ शुक्रबार ०९:०२:००

चितवनको कालिका नगरपालिकाबाट लागुऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । कालिका नगरपालिका– ७ आदर्श टोल बस्ने ३० वर्षका मिलन तामाङलाई सोही वडामा बुधबार राति नौ बजे शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार तामाङको साथबाट डाइजेपाम एक सय ९७ एम्पुल,  बुप्रिनोर्फिन दुई सय १० एम्पुल, फेनार्गन एक सय ८६ एम्पुल गरी जम्मा पाँच सय ९३ एम्पुल बरामद गरिएको छ । लागुऔषधसहित नियन्त्रणमा लिई प्रहरीले उनको थप अनुसन्धान गरिरहेको छ।