मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत २४ शनिबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २४ शनिबार १८:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुमारीगालमा रक्तदान तथा निःशुल्क दन्त परीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २४ शनिबार १८:१८:oo

कुमारीगाल काठमाडौंमा रहेको जनकल्याण सेवा संघ र श्री पञ्चमुखी हनुमान मन्दिर संरक्षण समितिको आयोजनामा रक्तदान तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम गरेको छ।

कुमारीगालस्थित पञ्चमुखी हनुमान मन्दिरपरिसरमा आयोजित कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको जनकल्याण सेवा संघका उपाध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए।

६४ रक्तदाताबाट संकलन गरिएको रगत सोही कार्यक्रममा रक्तसञ्चार केन्द्रलाई हतान्तरण गरिएको थियो। सोही क्रममा स्थानीयवासीलाई लक्षित गरी निःशुल्क दन्त परीक्षणसमेत गरिएको थियो।