१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

महिला नेतृत्वमा चितवनमा कृषि सम्मेलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:५७:oo

नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ)को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ चितवनमा सुरु भएको छ । चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको महिला नेतृत्व कृषि सम्मेलनको शनिबार कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले उद्घाटन गरिन् । उनले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन् । 

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च परिमाणमा कृषिउपज आयात भइरहेको उल्लेख गर्दै कृषिको आधुनिकीकरण गर्दै बजारीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘कृषि वस्तुमा समेत हाम्रो परनिर्भर बढेको छ । परनिर्भरता घटाउँदै लैजान आन्तरिक उत्पादन र त्यसको खपतमा ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘आगामी बजेटले आन्तरिक उत्पादन र प्रयोग प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्छ । कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन र खपत बढाउन आवश्यक छ ।’ उनले कृषि पेसालाई सम्मान गर्न, कृषकलाई प्रोत्साहित गर्दै उत्पादन र उत्पादकत्व बढाउने नीति अवलम्बन गर्न आग्रह गरे । 

सम्मेलनकी प्रमुख वक्ता डा. शोभा पौडेलले यो सम्मेलन कृषिलाई लक्षित गरेर गरिएको पहिलो सम्मेलन हो । तर, यसरी कृषिलाई नै केन्द्रित गरी कमै कार्यक्रम हुने गरेको उनले बताइन् । कृषि पेसामा महिलाको संलग्नता धेरै भए पनि प्रोत्साहन नगरिएको उनको बुझाइ छ । 

परिसंघ महिला नेतृत्व फोरम सभापति छाया शर्माले सम्मेलनमा महिलामुखी कृषि यान्त्रीकरण, नेपाको माटो सुहाउँदो कृषि विकास, दिगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्नताको सम्मान र उद्यमशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने बताइन् । कृषिको महŒव बुझाउन र दिगो भएर लाग्न यो सम्मेलनले उत्प्रेरित गर्ने विश्वास लिइएको शर्माको भनाइ छ । ‘अहिले कृषि सरकारको प्राथमिकतामा नपरेको र कृषकलाई पनि हीनताबोध हुने क्षेत्र परेको छ । कृषकलाई प्रोत्साहन गर्न यो सम्मेलन गरेका हौँ,’ उनले भनिन् ।

ad
ad